महिला क्रिकेटमा एपिएफ सेमिफाइनलमा

सातौ राष्ट्रिय खेलकुद अन्तरगत महिला क्रिकेटमा एपिएफ र पूर्वाञ्चल सेमिफाइनलमा पुगेका छन् । इटहरीमा भएको पहिलो खेलमा एपिएफले सुदूरपश्चिमाञ्चललाई ८ विकेटले पराजित ग¥यो । टस जितेर ब्याटिङ गरेको सुदुरपश्चिमाञ्चलले निर्धारित २० ओभरको खेलमा १८ दशमलव ५ बलमा सवै विकेट गुमाई ३९ रनको झीनो योगफल तयार पारेको थियो । सुदुरपश्चिमाञ्चलका कुनैपनि ब्याटस्वुमनले दोहो अंकलाई छुन सकेनन् एपिएफकी सरिता मगरले ४ विकेट लिएकी थिइन
जवाफमा ४० रनको झीनो लक्ष्य पछ्याएको एपिएफले ४ दशमलव ५ बलमा २ विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको थियो । एपिएफकी ज्याति पान्डेले नटआउट १८ रन र सरिता मगरले १३ रनको योगदान दिएकी थियन । सुदुरपश्चिमाञ्चलकी रेखा रावलले २ विकेट लिएकी थिइन् ।खेलको वुमन अफ दी म्याच एपिएफकी सरिता घोषित भइन ।
दोस्रो खेलमा पूर्वाञ्चलले मध्यपश्चिमाञ्चललाई २८ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको पूर्वाञ्चलले निर्धारित २० ओभरमा ६ विकेट गमाई ९२ रन बनाएको छ । पूर्वाञ्चललकीकाजोल श्रेष्ठले ६१ बलमा ३ चौका प्रहार गरी ४८ रन बनाएकी थिइन । उनी खेलमो वुमा अफ म्याच भइन्
मध्यपश्चिमाञ्चलकी अनिता चौधरीले ३ विकेट र गिता साहले २ विकेट लिएकी थिइन् ।
जवाफमा ९३ रनको विजय लक्ष्य पछ्याएको मध्यपश्चिमाञ्चलले १९ दशमलव ५ बलमा सवै विकेट गुमाई ६४ रनमात्र जोड्न सक्यो । मध्यपश्चिमाञ्चलकी नेरी थापाले १६ बनाइन । पूर्वाञ्चलकी अनुराधा चौधरी र सन्तोषि चौधरीले २–२ विकेट लिएकी थिइन ।

यसैगरी,  पुरुष तर्फ क्रिकेटमा पश्चिमाञ्चल र एपीएफ विजयी भएका छन् । मोरङगको वैजनाथपुरमा जारी प्रतियोगिताको पहिलो खेलमा पश्चिमाञ्चलले मध्यमाञ्चललाई ६ रनले पराजित ग¥यो ।
टस जितेर व्याटिङ रोजेको पश्चिमाञ्चले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय २७ रनको योगफल तयार गरेको थियो । पश्चिमाञ्चलका लागि दिपेस खत्रिले सर्वाधिक ५३ रन योगदान गरे । ४७ बलको सामना गरेका उनले ३ चौका र २ छक्का प्रहार गरे । त्यस्तै शंकर रानाले ४८ तथा कृष्ण कार्कीले १० रनको योगदान गरेका थिए । खेलमा मध्यमाञ्चलका लागि रसिद खानले सर्वाधिक ५ र सुशील कँडेलले १ विकेट लिए । १ सय २८ रनको विजयी लक्ष्य सहित जवाफी व्याटिङमा उत्रिएको मध्यमाञ्चलले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय २१ रन मात्र बनाउन सक्यो । मध्यमाञ्चलका लागि जितेन्द ठकुरीले ४४ रन बनाउन सफल भए । २९ बलको सामना गरेका उनले २ चौका र २ छक्का प्रहार गरे । त्यस्तै हसिम अन्सारिले २१ तथा भूपेन्द्र थापाले १८ रन जोडे पनि अन्य व्याट्सम्यानले दोहोरो अंक बनाउन सकेनन् । पश्चिमाञ्चलका लागि लाल अधिकारी र दिपेस खत्रिले २÷२ विकेट लिए भने अमृत गुरुङ, कष्ण कार्की र साह आलमले समान १÷१ विकेट लिएका थिए ।
अर्को खेलमा एपीएफले सुदुरपश्चिमाञ्चललाई १४४ रनको भारीअन्तरले हरायो । टस जितेर व्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २ सय रन को विशाल योगफल खडा ग¥यो । एपीएफका लागि पारस खड्काले नटआउट १ सय ५ रन बनाए । अक्रमक व्याटिङ गरेका उनले ४३ बलको सामना गरी ९ चौका र ८ छक्का प्रहार गरेका थिए । ओपनर सुवास खकुरेलले ५१ बलको सामना गरी ६४ रन बनाएका थिए । सुदूरपश्चिमाञ्चलका लागि प्रकाश थापाले २ तथा विनोद लामा र दिनेश आग्रीले समान १÷१ विकेट लिए । २ सय १ रनको विजयी लक्ष्य पाएको सुदूरपश्चििमाञ्चलले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ५६ रन मात्र बनाउन सक्यो । उसका लागि दिपक मल्लले २१ र सन्जु दमाइले १५ रन बनाए । एपीएफका लागि बसन्त रेग्मीले सर्वाधिक ३ तथा करण केसी, भुवन कार्की र प्रदिप एैरिले समान १÷१ विकेट लिएका थिए । सोमबार मध्यपश्चिमाञ्चल र आर्मी तथा पुर्वाञ्चल र प्रहरीबीच खेल हुनेछ ।

 

Comment