मिरा र ध्रुबको सम्मान

मीरा राईलाई  २८ लाख रुपैया र उनलाई त्यों स्थान सम्म पुराने गुरु ध्रुब बिक्रम मल्ललाई २ लाख रुपैयासहित सम्मान गरिएको छ ।बेलायतस्थित सगरमाथा डोजाङका प्रमुख तथा प्रशिक्षक राष्ट्र राईको अगुवाईमा बेलायतका किरात राई यायोक्खा, किरात युथ अर्गनाइजेसन, जोन मार्सल आर्ट एकेडेमी र भोजपुर समाज बेलायतको सहभागितामा संकलन गरिएको नेपालमा नै अहिले सम्म खेलाडीले पाएको ठुलो धन राशिको रु, ३० लाख नगद पुरस्कार राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिब केशब बिष्ट, एनआरएन युकेका उपाध्यक्ष समेत रहेका राष्ट्र राई र सांसद महेन्द्र कुमारी सुब्बाले सम्मान गरे ।
भोजपुरको सानोदुम्मा– ९ की २७ वर्षीया मीरा माओवादीकी पूर्व लडाकु पनि हुन । त्यसबेल सिन्धुली शिबिरमा रहेकी उनी अनमिनको प्रमाणिकरणमा ‘अयोग्य’ भई बहिगर्मनमा परेकी थिइन् । त्यस पछि बालाजु कराते-डो प्रतिष्ठानको सम्पर्कमा आई प्रशिक्षणबाट ब्याल्कबेल्ट लिएकी मीरा प्रशिक्षक मल्लको सुझाब सल्हाह अनुसार दौड़ क्षेत्रम अधि बडकी मिराले हंगकोन्गमा भएको ५० किलोमीटरमा रेकड ब्रेक गरि एशियन च्याम्पिन हुदै मीरा सन् २०१५ मा फ्रान्समा भएको अल्ट्रा म्याराथन (८० किलोमिटर दौड) प्रतियोगिताकी विश्वच्याम्पियन हुन् । भने स्पेनमा भएको ११० किलोमीटर अल्ट्रा म्यारथूनम तीन पटकको बिश्व बिजेता स्पेनिस धाविका नूरिया पिकसलाई पराजित गरि बिश्व उपविजेता हुन सफल भएकी थिइन l २०७३ पौष २१ गते झापाको दमक स्थित रेडक्रस भबनमा संपन्न भएको कार्यक्रममा कराते, उसु र तेक्वान्दो खेलाडीहरुले प्रदर्शनी खेल पनि देखाएका थिए l
Comment