प्रधान सेनापति राष्ट्रिय भलिबलमा पश्चिमाञ्चल तेस्रो
पश्चिमाञ्चल क्षेत्रिय भलिबल संघले प्रधानसेनापति दोस्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा तेस्रो भएको छ । विहिबार भएको खेलमा पश्चिमाञ्चलले एपीएफलाई ३–२ को सेटमा स्तब्ध बनाउदै तेस्रो स्थान हासिल गर्न सफल भयो । ललितपुरको लगनखेलस्थित नेपाली सेनाको शारीरिक सुगठन तथा फिटनेस सेन्टरको कभर्डहलमा सञ्चालन भएको तेस्रो स्थानको खेलमा सुरुवाती पहिलो सेट २५–२२ ले आफ्नो पक्षमा पार्दै पश्चिमाञ्चलले एपीएफमाथी दबाब सिर्जना ग¥यो ।
त्यस्तै एपीएफले निकै प्रतिस्पर्धात्मक भएको दोस्रो सेट २५–२२ ले जित दर्ता गरेपछि सेटमा १–१ को बराबरी ग¥यो । पश्चिमाञ्चल लयमा फर्कदै तेस्रो सेट २५–१७ ले आफ्नो बनाएपछि सेटमा २–१ अग्रता लियो । निकै रोमाञ्चक रहेको चौथो सेटमा एपीएफले २९–२७ ले जित हात पारेपछि खेल पाँचौँ सेटतर्फ धकेलिएको थियो । यद्यपी निर्णायक सेटमा पश्चिमाञ्चलले १५–१३ ले बाजी मार्दै तेस्रो स्थान हात पा¥यो ।
प्रतियोगिताको उपाधिका लागि दुई विभागीय टोली नेपाल आर्मी र नेपाल पुलिसले शुक्रबार प्रतिस्पर्धा गर्नेछन । प्रतियोगिताको विजेताले नगद.३ लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले १ लाख ५० हजार र तेस्रो हुने टोलीले ७५ हजार नगद पुरस्कार पाउनेछ भने उत्कृष्ट स्पाइकर, ब्लकर, डिफेण्डर, लिफ्टर र कोचले पनि १०÷१० हजार नगद पुरस्कार पाउने छन् । प्रतियोगिताभरिकै उत्कृष्ट खेलाडीलाई पल्सर मोटरसाइकल प्रदान गर्ने आयोजकले जनाएको छ ।