न्यु डायमण्ड र एपीएफ फाइनलमा


न्युडायमण्ड एकेडेमी र आयोजक एपीएफ विच सशस्त्रप्रहरी महानिरीक्षक चौथो राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिताको उपाधि भिडन्त हुने भएको छ । बुधावार भएको पहिलो सेमिफाईनलमा न्युडायमण्डले पुलिसलाई ३–० को सेटमा हरायोे । प्रतिभा मालीको उत्कृष्ट प्रदर्शनमा न्यु डायमण्डले पुलिसलाई २५–१९,१९–२५,२५–१६ र २५–१३ ले हराएको हो । वुमन अफ द म्याच बनेकी न्युडायमण्डकी प्रतिभा मालीलाई नेपाल भलिबल संघका उपाध्यक्ष यमवहादुर गुरुङले ट्रफि प्रदान गरे । हलचोक स्थित एपीएफको भलिबल कोर्टमा भएको दोश्रो सेमिफाईनलमा खेलमा आयोजक एपीएफले पश्चिमाञ्चललाई ३–० को सोझो सेटमा हरायो । एपीएफकी नेबिका चौधरी वुमन अफ द म्याच भएको खेलमा पश्चिमाञ्चल २५–१४,२५–१० र २५–१२ को सेटमा पराजित भयो । नेबिकालाई नेपाल भलिबल संघका महासचिव जितेन्द्रवहादुर चन्दले वुमन अफ द म्याचको ट्रफि दिए ।

Comment