सेनाको विजयी सुरुवात


नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले पोखरामा आयोजना भएको प्रथम सृजना आमन्त्रण महिला तथा पुरुष भलिबल प्रतियोगिता २०७३ मा विजयी सुरुवात गरेको छ । पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास संघ, पश्चिमाञ्चल भलिबल संघ र कास्की जिल्ला भलिबल संघको संयुक्त आयोजनामा पोखरा रंगशालमा भएको प्रतियोगिताको उद्घाटन खेलमा सेनाको त्रिभुवन आर्मी क्लबले सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई ३—० को सोझो सेटमा पराजित ग¥यो ।
पहिलो सेटमा २३—१९ को जित निकालेको आर्मीले दोश्रो सेटमा कडा प्रतिस्पर्धा गर्नु प¥यो । दोश्रो सेटमा आर्मीले एपिएफ माथी २९–२७ को जित निकाल्यो भने तेश्रो सेटमा २५¬–२१ को जित निकाल्दै खेललाई आफ्नो पक्षमा पा¥यो । सृजना विकास केन्द्र कास्कीको प्रायोजनमा भएको प्रतियोगिताको प्रमुख अतिथी कास्कीका सांसद रविन्द्र अधिकारीले रेफ्री नारायण बहादुर भण्डारीलाई भलिबल प्रदान गर्दै उद्घाटन गरेका थिए ।
सांसाद अधिकारीले प्रतियोगिताको उद्घाटन गर्दै भलिबलको उर्वर भूमी पोखरालाई खेलकुद र खेल पर्यटनको राजधानी बनाउन आफु लागि पर्ने प्रतिवद्धता जनाए । यस्तै अर्का सांसद सारदा शर्माले पोखराको रङ्गशालालाई अन्तराष्ट्रिय रङ्गशालाको रुपमा निर्माण गर्न आफु लागि पर्ने बताईन् । प्रतियोगितामा निर्णायकको तर्फबाट राष्ट्रिय रेफ्रि, पश्चिमाञ्चल भलिबल संघका सह कोषाध्याक्ष् एवं प्रतियोगिता प्राविधिक कमिटिका संयोजक नारायण बहादुर भण्डारी र खेलाडीहरुका तर्फबाट एपिएफका अन्तराष्ट्रिय खेलाडी महेन्द्र श्रेष्ठले सपथ गरेका थिए ।
माघ २९ गते सम्म संचालन हुने प्रतियोगितामा महिला र पुरुष दुवै तर्फ नेपालका पाँच र भारतको एक गरि ६÷६ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा महिला र पुरुष दुवैलाई समान पहिलो, दोश्रो र तेश्रो हुनेलाई क्रमशः १ लाख ५५ हजार ५सय ५५, ७७ हजार ७ सय ७७ र ३३ हजार ३ सय ३३ नगदका साथै ट्रफी मेडल र प्रमाण पत्र तथा उत्कृष्ट खेलाडीलाई १० हजार र उत्कृष्ट ६ क्याटागोरी उत्कृष्ट लिफ्टर, ब्लकर, सेटर, स्पाईकर, डिफेन्डर र सर्भरलाई ५ हजार नगद हजार प्रदान गरिने कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष, नेपाल भलिबल संघका उपाध्याक्ष एवं आयोजक पश्चिमाञ्चल भलिबल संघका अध्यक्ष याम बहादुर गुरुङ्गले जानकारी गराए ।
आइतबार खेल पुरुष तर्फ क्लब लिग च्याम्पियन हेल्प नेपाल स्पोर्टस् क्लब र एपिएफ क्लब तथा नेपाल पुलिस क्लब र पश्चिमाञ्चल क्षेत्रिय भलिबल संघ विच र महिला तर्फ एपिएफ र आर्मी तथा भारतको युपी भलिबल संघ र नेपाल पुलिस विच हुनेछ ।

Comment