केएनपी राष्ट्रिय महिला भलिबलको सेमिफाईनल समिकरण पुरा


शसस्त्र प्रहरी बलको एपीएफ क्लब, पुलिस क्लब, पश्चिमाञ्चल र न्युडायमण्ड एकेडेमी केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थीत दशरथ रंगशालाको कभर्डहलमा बुधबार भएको दुवै खेलमा जित हात पार्दै एपीएफ सेमिफाइनलमा प्रवेश ग¥यो । पहिलो खेलमा एपीएफले पश्चिमाञ्चललाई २५–१९,२५–१३ र २५–१३ ले र नेपाल आर्मी क्लबलाई २५–१५,२५–१२ र २५–१५ को सोझो सेटमा हरायो । समुहएमा रहेका पश्चिमाञ्चल मंगलवार आर्मीसँगको जितले तीन अंक सहित उपविजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएको छ ।
बहुराष्ट्रिय कम्पनी जापान कन्साई नेरोल्याक पेन्ट्स (केएनपी)को मुख्य प्रायोजन तथा शिवम् सिमेन्टको सह–प्रायोजनमा संचालन भएको प्रतियोगिताको अन्तिम लिग खेलमा न्युडायमण्डले जावलाखेललाई २५–७,२५–१० र २५–६ को सोझो सेटमा हराउदै अन्तिम चारमा स्थान बनायो । समूह बीमा रहेको पुलिसले जाउवाखेललाई २५–१,२५–१२ र २५–२० को सोझो सेटमा हराउदै उपविजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएको छ । समूह एको बिजेता एपीएफले समूह बीको उपबिजेता पुलिससग सेमिफाईनलमा प्रतिस्पर्धा गर्ने छ । त्यस्तै समूह बीको बिजेता न्युडायमण्डले समूह एको उपबिजेता पश्चिमाञ्चलसग सेमिफाईनलमा खेल्ने छ ।
प्रतियोगिताको विजेताले प्राप्त गर्ने १ लाख ५० हजार क्वायरटुफ म्याट्रेसले प्रायोजन गरेको छ । प्रतियोगितालाई भब्यताका साथ सफल पार्न राष्ट्रिय खेलकुद परिषद्,नेपाल भलिबल संघ,डल्फीन चियर,एयर एशिया,आइएमइ सहयोगि साथी बनेका छन् । त्यस्तै उपबिजेताले १ लाख र तेस्रो हुने टोलीले नगद ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् । सर्वोकृष्ट खेलाडि र विधागत उत्कृष्टतर्फ स्पाइकर, क्वीकर,सेटर, ब्लकर, डिफेन्स र सर्भरका नगद पुरस्कार जनही तीन हजार जेम्स फ्लोरिङले प्रदान गर्नेछ । प्रतियोगिताको बैंकीङ पार्टनरको रुपमा एनआइसी एसीयाले गरेको छ । उत्कृष्ट प्रशिक्षकलाई पुरस्कृत गरिने भएको छ । टोलीले पाएको सफलता, खेलाडीको स्तर र प्रदर्शनका आधारमा फाइनल पुग्ने दुई टोलीबाट एक टिमका प्रशिक्षकले तीन हजार नगदसहित बुद्ध एयर बेस्ट प्रशिक्षकको उपाधिबाट पुरस्कृत गरिने छन् । तेस्रो संस्करणमा शेरवहादुर खड्का स्पेशल अवार्डबाट एक खेलाडीलाई ट्रफीसहित नगद १० हजार प्राप्त गर्ने छन् ।

Comment