पलेसा कास्य पदकको नजिक
जापानको टोकियोमा जारी पारा ओलम्पिकमा नेपालकी पलेसा गोवर्द्धन कास्य पदकबाट एक बाउट टाढा रहेकी छिन् । महिला ५८ केजी के ४४ मा प्रतिस्पर्धा गरी रहेकी उनी पहिलो खेलमा पराजित भए पनि रिपेचाजको अवसरलाई उपयोग गर्दै लगातार दुई बाउट जित्न सफल भएकी हुन् ।
उनले अमेरिकाकी सालीनारो ब्रीनालाई १०–० ले हराएकी हुन् । यसै गरी उनले सर्वीयाकी मारिजा मिभेकलाई २३–१५ पराजित गरिन् ।