कोजूलाई क्यानडाको अल्ट्रा सिरिजको उपाधि
। क्यानडामा भएको क्रिमोर भर्टिकल अल्ट्रा म्यारथनमा महिलातर्फ नेपालकी महिला धावीका कान्छी माया कोजूले उपाधि हात पारिन् ।
कोजूले क्यानडाको क्रिमोर भर्टिकल च्यालेन्जमको अल्ट्रा सिरिजमा महिलातर्फ पहिलो हुदैं नयाँ रेकर्ड कायम गरेकी छिन् । २५ किलोमिटरको अल्ट्रा दौडमा ५३ सहभागीलाई पछि पार्दै उनी पहिलो भएकी हुन् । पछिल्लो समय नेपाली अल्ट्रा धावक तथा धावीकाहरुले आफूलाई विश्व अल्ट्रा म्यारथनमा स्थापीत गर्दै आएका छन् ।
केही समय अगाडी मात्र अल्ट्रा धावीका मिरा राईले फ्रान्समा सम्पन्न अल्ट्रा म्यारथनमा उत्कृष्ट नतिजा हासिल गरेकी थिइन् । तथापी भर्टिकल च्यालेन्ज कोजूले २ घन्टा ५२ सेकेन्डमा पार गरेकी थिइन् । जसअन्तर्गत उनीले रेकर्ड समेत राखिन् ।
यसअघि यो रेकर्ड चन्तल वरिनरको नाममा थियो । वारिनले दुई घन्टा ९ मिनेट ३६ सेकेन्डमा उक्त दुरी पार गरेकी थिइन् ।
प्रतियोगितामा कोजूलाई पछ्याउदै मेगान डफी दोस्रो भइन् । उनीले उक्त दुरी पुरा गर्न २ घन्टा ३ मिनेट ३५ सेकेन्ड समय लगाइन् । प्रतियोगितामा केल्ली रुपोली तेस्रो भइन् । रुपोलीले २ घन्टा १० मिनेट ३४ सेकेन्डमा उक्त दुरी पार गरिन ।
८ अगस्टमा क्यानडाको टोरोन्टोस्थित क्रिमोरमा भएको उक्त दौड कठिन मानीन्छ । रुटको बाटो निकै कठिन भएकोले पनि निकै साहस पुर्ण रहने गर्छ । क्रिमोर खेलमा ५० किलोमिटर, ७५ किलोमिटरको ट्रेल सिरिज गरी तीन सिरिज खेल थियो ।
अल्ट्रा म्याराथुनमा पुरूष र महिला गरी १२५ जना सहभागी थिए । उक्त खेलमा मधु मोक्तानले ५० किलोमिटर दौड पुरा गरेकी थिइन् । त्यसैगरी सञ्जीव मोक्तान र डेरिक मोक्तानले २५ किलोमिटर दौड पुरा गरेका थिए ।