‘आठौ सहवीर स्मृति खुल्ला लनटेनिस प्रतियोगिता सम्पन्न

tennis finale
प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले सशस्त्र प्रहरी बल केन्द्रिय खेलकुद समितिको आयोजनामा सशस्त्र प्रहरी बल प्रधान कार्यालया संचालित ‘आठौ सहवीर स्मृति खुल्ला लनटेनिस प्रतियोगिता २०७२’– को ४५ वर्षमाथि भेट्रान्स युगलतर्फको खेलका विजयी खेलाडीहरुलाई सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा आयोजित विशेष समारोहमा पुरस्कार प्रदान गरे । सो खेलमा ललितपुरका राजु क्षेत्री र डिगेन्द्रकुमार श्रेष्ठको जोडी प्रथम, नेपाल एपीएफ क्लवका दुर्जकुमार राई र कृष्णराज घलेको जोडी दोश्रो तथा काठमाडौंका संजय अमात्य र धर्मरत्न शाही तथा चन्द्र शाही र दिनेश तुलाधरको जोडी तेस्रो भएको थियो ।
प्रहरी महानिरीक्षक अर्यालले मास्टर युगलतर्फको खेलमा प्रथम हुन सफल त्रिभुवन आर्मी क्लवका चन्द्र थापा र निरञ्जन श्रेष्ठको जोडी, दोश्रो भएका नेपाल एपीएफ क्लवका दुर्जकुमार राई र त्रिभुवन आर्मी क्लवका प्रदिप विक्रम शाहीको जोडी तथा तृतीय भएका त्रिभुवन आर्मी क्लवका अमुल्यबहादुर सिंह र संजय झाको जोडी तथा सोही क्लवका सिजर गुरुङ्ग र सगुन राणाको जोडीलाई समेत पुरस्कार वितरण गरे ।
कायम मुकायम सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले सोही अवसरमा पुरुष एकलतर्फको खेलमा विजयी खेलाडीहरुलाई पुरस्कार वितरण गरे । सो खेलमा ललितपुरका जितेन्द्र परियार प्रथम नेपाल पुलिस क्लवका कमल भण्डारी दोश्रो, काठमाडौका समरक्षकभूषण बज्राचार्य र पोखराका कुमार अधिकारी तेस्रो तथा काठमाडौका सक्षम कार्की, बुटवलका बिकाश खड्का, ललितपुरका प्रणव खनाल र सन्तोष खत्री क्वार्टर फाइनललिष्ट भएका थिए ।
महिला एकलतर्फको खेलमा प्रथम हुन सफल झापाकी आईरा एम रावत, दोश्रो हुने ललितपुरकी एनी माथेमा, तेस्रो हुने ललितपुरकी मायन्का राणा र महिका राणालाई समेत महानिरीक्षक राईले पुरस्कार प्रदान गरे । प्रतियोगिताका विजयी खेलाडीहरुलाई पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कडेल, डा. इन्द्रजीत राई, अखिल नेपाल लनटेनिस संघकी अध्यक्षज्योती राणा, मोहनबहादुर शाहीले पुरस्कार प्रदान गरे । यसैगरी प्रतियोगिताका विजयी खेलाडीहरुलाई अवकाश प्राप्त का.मु. सशस्त्र प्रहरी महानिरीक्षक किशोरकुमार लामा, सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती शिला राई, सोही संघकी पूर्वअध्यक्ष कल्पना थापाले समेत पुरस्कार प्रदान गरे ।
यस अघि भएको पुरुष एकलतर्फको फाइनल खेलमा ललितपुरका जितेन्द्र परियार विजयी भए । उनले नेपाल पुलिस क्लवका कमल भण्डारीलाई ४–६,–६–४ र १०–६ ले सुपर ट्राइब्रेकरकमा परािजत गरेका थिए । प्रतियोगिताको ६५ वर्षमाथि भेट्रान्स एकलतर्फको खेलमा त्रिभुवन आर्मी क्लवका भिक्टर सम्शेर जबरा प्रथम, सोही क्लवका भरत रायमाझी दोश्रो र काठमाडौका डा. इन्द्रजीत राई र चन्द्रमान तुलाधर तेस्रो भएका छन् । ५५ वर्षमाथि भेट्रान्स युगलतर्फको खेलमा काठमाडौका मनोज राणा र छेम्वा ढुन्ढुपको जोडी प्रथम काठमाडौका ध्रुव गुरुङ्ग र सहदेव ढुंगानाको जोडी दोश्रो र काठमाडौका डा. इन्द्रजीत राई र टेस्टेन नोर्केलको जोडी तथा काठमाडौकै कर्मा घले र दार्जिलिङ्गका पेमा टासीको जोडी तेस्रो भएका छन् ।
५५ वर्षमाथि भेट्रान्स एकलतर्फको खेलमा ललितपुरका मनोज राणा प्रथम दार्जिलिङ्गका देवन लामा दोश्रो र भक्तपुरका ध्रुव गुरुङ्ग तथा दार्जिलिङ्गका पेमा टासी तेस्रो भएका छन् ।
३५ वर्षमाथि भेट्रान्स युगलतर्फको खेलमा काठमाडौका महेश श्रेष्ठ र श्रीराम मगरको जोडी प्रथम, काठमाडौकै चन्द्र शाही र शोभियतमान श्रेष्ठको जोडी दोश्रो र काठमाडौकै निरेश श्रेष्ठ र सुकमान तामाङ्गको जोडी तथा रोहित सुनार तथा आशिस सिग्देलको जोडी तेस्रो भएका छन् । ४५ वर्षमाथि एकलतर्फको खेलमा ललितपुरका कृष्णराज घले प्रथम काठमाडौका मनोज राणा दोश्रो र नेपाल एपीएफ क्लवका रजोजमान श्रेष्ठ तथा राजु श्रेष्ठ तेस्रो भएका छन् ।
३५ वर्षमाथि भेट्रान्स एकलतर्फको खेलमा सुनसरीमा महेश श्रेष्ठ प्रथम सिन्धुपाल्चोकका छेवाङ्ग लामा दोश्रो र काठमाडौका रोहित सुनार तथा मकवानपुरका प्रताप मोक्तान तेस्रो भएका छन् । मश्रित युगलतर्फको खेलमा झापाकी इरा एम रावत र नेपाल पुलिस क्लवका कमलबहादुर भण्डारीको जोडी प्रथम, ललितपुरका प्रणव खनाल र माहिका राणाको जोडी दोश्रो तथा ललितपुरका श्रीराम मगर र मायन्का राणाको जोडी, छेवाङ्ग लामा र विभूती कार्कीको जोडी तेस्रो भएका छन् ।
मास्टर एकलतर्फको खेलमा त्रिभुवन आर्मी क्लवका चन्द्र थापा प्रथम, सोही क्लवका सिजर गुरुङ्ग दोश्रो तथा सोही क्लवका निरञ्जन श्रेष्ठ र अमुल्यबहादुर सिंह तेस्रो भएका छन् ।
यसैगरी पुरुष एकलतर्फकोे खेलमा टाइटल विजेता ललितपुरका जितेन्द्र परियार भएका छन् भने महिला एकलतर्फको टाइटल विजेता झापाकी आइ एम रावत भएकी छिन् ।

Comment