ललितपुरको तेक्वान्दो छनोट सम्पन्न


ललितपुर जिल्ला तेक्वान्दो छनोट शनिवार सम्पन्न भयो । शनिवार भएको खेलमा आफ्नो स्पर्धामा पहिलो स्थान हात पार्ने खेलाडीले आगामी  ६ महिनासम्म ललितपुरको प्रतिनिधित्व गर्ने अवसर पाउने छन् । आसन्न मेयर कप तेक्वान्दो च्याम्पियनसिपका लागि ४ वैशाखमा हुने बाग्मती प्रदेश छनोटमा ललितपुरको तर्फबाट सहभागिता जनाउने छ ।
शनिवार भएको छनोट खेलमा महिला क्यारोगी ३७ देखि ४० केजी समूहमा संखमुल तेक्वान्दो डोजाङकी डोल्मा तामाङ पहिलो भइन् । चुनदेवी तेक्वान्दो डोजाङका आश्मा सुनुवार ४९ देखि ५३,समता जिरेल ४०देखि४३  र अंगीता बलामी ४३देखि४६ केजी तौल समूहमा पहिलो भए ।
४६देखि ४९ केजीमा हात्तिबन तेक्वान्दो डोजाङकी रोस्ल्यान ओझा पहिलो भइन् । ५७ देखि ६२ केजीमा खुमल तेक्वान्दो डोजाङकी मिना घर्ती मगर पहिलो भइन् । सोही टोलीकी निशा सुनुवार ६२देखि ६७ केजीमा  ६३ केजीमा संखमुल तेक्वान्दो डोजाङका रोजन बमजन पहिलो भए । ६८देखि ७४ केजी तौल समूहमा लिटल स्टारका रोहित महर्जन पहिलो भए ।
सिनीयर महिला एकल पुम्सेमा लिटल स्टारकी  मिङमार डोल्मा लामा तथा पुरुष तर्फ
ज्यापुका  विकास महर्जन पहिलो भए । सिनीयर युगल पुम्सेमा लिटल स्टारका  रोहित महर्जन र रफीना महर्जन पहिलो भए । जुनियर पुरुष पुम्सेमा गोदावरीका श्रीजल श्रेष्ठ तथा महिलामा सोही टोलीकी सरगम थापा पहिलो भए । यी दुइले युगलमा पनि पहिलो स्थान पाए ।
जुनियर टिम पुम्से  पुरुषमा गोदावरी पहिलो भयो । टोलीमा श्रीजलको साथमा  सैरस थापा र दीपक दुलाल समावेश थिए । यसै गरी, महिलामा गोदावरी पहिलो भयो । सरगमको साथमा रोशनी सिलवाल र मुना तामाङ टोलीमा थिए ।
विजयी टोली तथा खेलाडीलाई प्रमुख अतिथि नेपाल तेक्वान्दो सङ्घका उपाध्यक्ष तथा सुमेरु ग्रुपका अध्यक्ष भरत महर्जनका साथै विशिष्ट अतिथि पाटन हाई स्कुलका प्राध्यापक तथा वरिष्ठ तेक्वान्दो प्रशिक्षक ईश्वरमान बज्राचार्य, बाग्मती प्रदेश तेक्वान्दो सङ्घका अध्यक्ष केशव पुरी र  तेक्वान्दो मुख्य प्रशिक्षक नवीन कुमार श्रेष्ठ लगायतले पुरस्कार तथा  प्रमाणपत्र प्रदान गरे । प्रमुख अतिथि महर्जनले ललितपुरको टोलीको विकासमा आफ्नो साथ रही रहने प्रतिबद्धता जनाए । विशिष्ट अतिथि पुरीले छनोट भएका खेलाडीको जिम्मेवारी बढी भएको बताए । प्रकाश महर्जन संयोजक रहेको कार्यक्रम ललितपुर तेक्वान्दो सङ्घका अध्यक्ष मणिराज विष्टको सभापतित्वमा भएको थियो भने कार्यक्रमको सञ्चालन नबिना बुढाथोकीले गरेकी थिइन् ।

 

Comment