मनबहादुर तेस्रो स्टेज विजेता
कठिन माउन्टेन बाईक रेसका रुपमा रहेको अन्नपुर्ण सर्किटमा भइरहेको याकरुको तेस्रो संस्करणको तेस्रो स्टेजसम्मको यात्रा तय भइसकेको छ । तेस्रो स्टेजमा भने साविक विजेता बुद्धिबहादुर तामाङलाई पछि पार्दै मनबहादुर थापा मगरले सो स्टेजमा प्रथम स्थान हासिल गर्दै नगद १० हजार रुपैयाँ पुरस्कार समेत जिते । यस अघिको दोस्रो स्टेजमा बुद्धिबहादुर तामाङले पहिलो स्थान लिएका थिए ।
मनबहादुर थापा मगरले २ घन्टा ३१ ीमनेट ५६ सेकेन्डमा पहाडी कठिन यात्रा तय गरेका थिए । ३ हजार ५ सय ४० मिटरको उचाईमा ३२ किलोमिटरको यात्रा तय गर्नका लागि साविक विजेता बुद्धिबहादुर तामाङलाई २ घन्टा ३७ मिनेट ५५ सेकेन्ड लागेको थियो । बुद्धिबहादुरले सो स्टेजमा दोस्रो हुँदै ८ हजार नगद जिते । बुद्धिबहादुरले दोस्रो स्टेजअन्तर्गत अघिल्लो दिन तालदेखि चामेसम्मको ३५ किलोमिटर यात्रा २ घन्टा १७ मिनेटमा पार गर्दै शिर्ष स्थानमा आएका थिए । मनबहादुर थापामगर दोस्रो स्थानमा थिए भने राजेन्द्र चेमजोङ तेस्रो स्थानमा थिए ।
त्यसैगरि तेस्रो स्टेजमा तेस्रो स्थानमा भने हिमाल टमाटा आए । उनले २ घन्टा ४६ मिनेटमा दुरी पुरा गर्दै अर्काे दिनको लागि आराम गरेका थिए । उनले पत्येक स्टेजमा तेस्रो हुने खेलाडीले प्राप्त गर्ने ५ हजार नगद पुरस्कार प्राप्त गरे ।
याकरुको विजेताले ब्राजिल राइडर्समा सहभागीता हुने अवसर प्राप्त गर्ने भएकाले पनि याकरु प्रति विश्वभरिका खेलाडीको चासो बढिरहेको नेपाल साइक्लिङ संघका अध्यक्ष तथा रेस डाइरेक्टर छिमि उर्गेन गुरुङले बताए । तेस्रो सस्करणमा यी तिन खेलाडीबिच कड प्रतिस्पर्धा हुने देखिन्छ । यारु रु बेसीशहरबाट शुरु भइ मनाङ गएर टुंगिने छ । यसपटको प्रतियोमागि नेपालका बाहेक जमीनी, चिन, फ्रान्स मकाउका खेलाडीको सहभागतिा रहेको छ ।