राष्ट्रिय आइटिएफ तेक्वान्दो नुवाकोटमा

anjan dhamalae
नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ(आईटिएफ) नुवाकोटले १५ औं सिनियर ९ औं जुनियर राष्ट्रिय आईटिएफ तेक्वान्दो प्रतियोगिता गर्ने भएको छ । नुवाकोटको वट्टार स्थित कभर्डहलमा २४ बैशाख देखि संचालन हुने २ दिने प्रतियोगितामा ५ विकास क्षेत्र,एपीएफ,नेपाली सेना र आयोजकको टिम सहभागिता रहने आईटिएफका केन्द्रीय अध्यक्ष अन्जन धमलाले सोमवार पत्रकार सम्मेलनमा जानकारी दिए । प्रतियोगितामा एकल स्पायरिङ र एकल प्याटन गरि १६० खेलाडिले ३० स्वर्ण,३० रजत र ६० कास्यका लागि स्पर्धा गर्ने नुवाकोट आईटिएफका अध्यक्ष हरिकृष्ण श्रेष्ठले जनाए । प्रतियोगिताको अनुमानित बजेट ८ लाख,४२ हजार ४ सय लाग्ने केन्द्रिय अध्यक्ष धमलाले पत्रकार सम्मेलनमा जनाए । नेपाल खेलकुद पत्रकार मञ्चमा भएको पत्रकार सम्मेलनमा नेपाल रग्वि संघका महासचिव चेतन पाण्डे,मार्सल आर्ट गेम महासंघका अध्यक्ष प्रविन कार्की,आईटिएफका मुख्य प्रशिक्षक अन्जुनाथ श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

Comment