निस्मा र डेनि बेस्ट प्लेयर
नुवाकोटमा भएको १५औं सिनियर तथा ९औं जुनियर राष्ट्रिय आईटिएफ तेक्वान्दो प्रतियोगितामा सिनीयर तर्फ नेपाल आर्मी टिम च्याम्पियन भएको छ । आर्मीले १३ स्वर्ण,दुई रजत र एक कास्य पदक हात पा¥यो । उपविजेता भएको एपीएफ क्लबले ३ स्वर्ण र एक रजत जितेको थियो ।
जुनियरतर्फ भने मध्यमाञ्चल टिम च्याम्पियन भयो । मध्यमाञ्चलले ७ स्वर्ण र दुई रजत हात हात पा¥यो । उपविजेता पुर्वाञ्चलले तीन स्वर्ण,दुई रजत र तीन कास्य हात पा¥यो । प्रतियोगिताको ४५ केजीमा पदक जितेकी आर्मीकी निस्मा बस्याल र ३०केजीमा स्वर्ण जितेका आयोजकका डेनि तामाङ उत्कृष्ट खेलाडी चूनिए । निस्माले प्याट्रन र फाइटतर्फ नै स्वर्ण जितेकी थिइन् । नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ(आईटिएफ) नुवाकोटको आयोजनामा नुवाकोटको वट्टार स्थित कभर्डहलमा भएको अन्तीम दिनको खेलमा सिनियरतर्फ ७५ केजीमा आर्मी भिम बहादुर तामाङले स्वर्ण र देव राज केसीले रजत तथा ५० केजीमा केन्द्रका रोशन आचार्यले स्वर्ण र एपीएफका योगेन्द्र धिमालले रजत जिते ।
६० केजीमा एपीएफका भरत बहादुर सिंहले स्वर्ण र आर्मीका सचिन्द्र तामाङले रजत जिते । ६५ केजीमा एपीएफका गोविन्द खत्रिले स्वर्ण र आर्मीका गेत बहादुर बस्नेतले रजत तथा ७० केजीमा आर्मीका लिला बहादुर बस्नेतले स्वर्ण र एपीएफका हर्क राजवशींले रजत पदक जिते । ७६ केजी माथी आर्मीका विजय सुनारले स्वर्ण र एपीएफका कृष्ण थापले रजत हात पारे ।
महिलातर्फ सिनियर ४५ केजीमा आर्मीकी निस्मा बस्यालले स्वर्ण र पुर्वाञ्चलकी कल्पना राईले रजत जिते । ५० केजीमा आर्मीका रुविका खड्काले स्वर्ण र पश्चिमाञ्चलकी शर्मिला महत रजत तथा ५५केजीमा आर्मीकी रिना धिमालले स्वर्ण र पश्चिमाञ्चलकी आयसा कार्कीले रजत पदक जिते । ६० केजीमा आर्मीकी तुलसा राजथलाले स्वर्ण र पश्चिमाञ्चलकी कामना पुनले रजत तथा ६५ केजीमा आर्मीकी श्रीजना राईले स्वर्ण र पुर्वाञ्चलकी कन्यम लिम्बुले रजत जिते । ६६ केजीमाथी आर्मीकी मुना बम्जनले स्वर्ण र पश्चिमाञ्चलकी उमीसा घर्तिमगरले रजत पदक हात पारे ।
प्रतियोगिताको टिम च्याम्पियन तथा विजेता खेलाडीलाई आइटिएफ तेक्वान्दो सघंका केन्द्रिय अध्यक्ष अन्जन धमला ,सघंका कोषाध्यक्ष बासुदेव भटृ ,नेपाली सेनाका सेनानी रविन्द्र अधिकारी र आयोजक आइटिएफ तेक्वान्दो नुवाकोटका अध्यक्ष हरिकृष्ण श्रेष्ठ लगायतले पुरस्कार प्रदान गरे । समापनको अवसरमा अध्यक्ष धमलाले खेलाडीहरुले मेहीनत गरेर अन्तराष्ट्रिय सफलता हात पार्ने बताए । धमलाले राज्यले आइटिएफ तेक्वान्दोलाई अन्य खेलको तुलनामा दोस्रो वरियतामा राखे पनि आफुहरु यस खेललाई स्थापीत गर्न लागि परीरहेको बताए । समापनमा आइटिएफका वरिष्ठ उपाध्यक्ष चेतनराज गीरी,अन्र्तराष्ट्रिय मार्शलआर्ट महासघं अध्यक्ष प्रवीण कुमार कार्की र उपाध्यक्ष अन्जुनाथ श्रेष्ठ लगायतको उपस्थीती थियो । २ दिने प्रतियोगितामा ५ विकास क्षेत्र,एपीएफ,नेपाली सेना र आयोजकको टिम सहभागिता रहेको थियो । प्रतियोगितामा एकल स्पाइरिङ र एकल प्याट्रनमा गरि १६० खेलाडिले ३० स्वर्ण,३० रजत र ६० कास्यका लागि प्रतिस्पर्धा गरेका थिए ।