ब्याडमिन्टन नेतृत्वमा रामजी
तीनपटकका सिनियर÷जुनियर पूर्व ब्याडमिन्टन राष्ट्रिय च्याम्पियन रामजीबहादुर श्रेष्ठ नेपाल ब्याडमिन्टन संघको अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । शनिबार सम्पन्न ब्याडमिन्टन संघको पाँचौं साधारणसभाले अध्यक्षसहित २८ सदस्यीय केन्द्रीय कार्यसमिति समेत निर्विरोध चयन ग¥यो । आठ उपाध्यक्षमा नरेशबहादुर सिंह, विश्वेस श्रेष्ठ, सुवास श्रेष्ठ, चन्द्रशेखर लामा, ध्रुव महर्जन, गोविन्दबहादुर स्वार, मिनबहादुर केसी तथा राजेन्द्रमान श्रेष्ठ रहेका छन् । वीरेन्द्र श्रेष्ठले महासचिव, लवभक्त श्रेष्ठले उप–महासचिव, नवीनविक्रम शाह, ज्ञानेन्द्र सिपाईं र समिरबहादुर सिंहले सचिव, दीपेन्द्रकुमार श्रेष्ठले कोषाध्यक्ष तथा अनुज बस्नेतले सह–कोषाध्यक्षको जिम्मेवारी पाए ।
यदुनाथ अधिकारी, रोहितकुमार टण्डन, महेन्द्रविक्रम थाम्सुहाङ, जगतबहादुर खड्का, निर्माणकुमार श्रेष्ठ, महेन्द्र श्रेष्ठ, राजु थापा, विनोद बस्नेत, ऋषिकेश श्रेष्ठ, सुमन अधिकारी, विन्दा पौडेल सिंखडा तथा हिमाल शाह सदस्यमा चयन भए ।
उदयकुमार श्रेष्ठ र जि. नारायण क्षेत्री उपाध्यक्ष तथा दीपक थापा, छविलाल शाही, सुनील श्रेष्ठ तथा जीवनसिंह कुँवर सदस्यमा मनोनित भए । ब्याडमिन्टन मुख्य प्रशिक्षक रजनीमैया जोशी पदेन सदस्यमा मनोनित भइन् । पदाधिकारीहरुलाई प्रमुख निर्वाचन अधिकृत संघ संस्था समन्वय शाखा, राखेपका प्रमुख डेमबहादुर बस्नेतले शपथ ग्रहण गराए भने राखेप सदस्य उपेन्द्र पौडेल, राखेपका पूर्व उपाध्यक्ष पीताम्बर तिम्सिनाले प्रमाण पत्र वितरण गरे । यसअघि साधारणसभाको नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले उद्घाटन गरेका थिए ।