रुकुममा “दोस्रो जिविस कप पुरुष भलिबल” सुरु

मनिष खड्का

rukum volleyballeरुकुममा “दोस्रो जिविस कप नकआउन पुरुष भलिबल प्रतियोगीता” सुरु भएको छ । जिल्ला विकास समितिको सहयोग र समृद्ध समाज नेपालको आयोजनामा सदरमुकाम खलंगामा रहेको बराहटाकुरा टुँडिखेलमा प्रतियोगीता सुरु भएको हो । प्रमुख अतिथि सार्वजनिक लेखा समितिका सभापति, पुर्व मन्त्री एवं रुकुम क्षेत्र नं. २ का सांसद जनार्दन शर्मा प्रभाकरले प्रतियोगीताको उद्घाटन गरे ।

समृद्ध समाज नेपालका कोषाध्यक्ष दिपक वाँठाको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन सदस्य जिवन केसीले गरेका थिए । आइतबार सुरु भएको प्रतियोगीतामा जिल्लाका विभिन्न गाविस तथा नगरपालिकाका २२ ओटा समुहले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगीतको विजेताले ५० हजार, उप विजेताले ३० हजार तथा तेस्रो र चौथो हुनेले क्रमशः २० हजार, ५ हजार पाउने छन् ।

त्यस्तै बेष्ट प्लेयर, बेष्ट सटर, बेष्ट ब्लकर र बेष्ट डिभेन्डर लगाएतलाई पनि पुरस्कृत गरिने छ । प्रतियोगीता नक आउटको आधारमा खेलाईने छ । जिल्लामा रहेका नयाँ खेलाडीको पहिचान तथा पुराना खेलाडीलाई प्रोत्साहन गर्ने उदेश्यले प्रतियोगीता आयोजना गरिएको समृद्ध समाज नेपालका अध्यक्ष सुवोध शेर्पालीले जानकारी दिए ।
प्रतियोगीताले जिल्लाका खेलाडीहरुलाई प्रत्साहनका साथै नयाँ खेलाडी पहिचान र उत्पादनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । जिल्ला विकास समिति रुकुमको सहयोगमा समृद्ध समाज नेपालले अघिल्लो वर्षदेखि प्रतियोगीता संचालन गर्न थालेको हो । अघिल्लो वर्ष महिला÷पुरुष भलिबल आयोजना गरिएकामा यो वर्षदेखी महिला÷पुरुष भलिबल छुट्टा छुट्टै संचालन गरिने शेर्पालीले बताए ।
महिला भलिबल ६ महिना पछि जिल्लाको आठविसकोटमा हुने उनको भनाइ छ ।

Comment