सेक्रेटहार्ट र सेन्ट डेभिजलाई उपाधि

durga title
सेक्रटहार्ट र सेन्ट डेभिज स्कुलले श्रीराम स्मृति अन्तर विद्यालय भलिबल प्रतियोगिताको उपाधि जितेका छन् । आईतवार भएको छात्रतर्फको फाईनल खेलमा सेके्रटहार्ट स्कुलले आयोजक आरुणी स्कुललाई २५–१७,२७–२५ र २५–२१ को सोझो सेटमा हराउदै उपाधि जित्यो । बालाजुको माछापोखरी स्थित आयोजक आरुणी स्कुल र काठमाण्डौं जिल्ला खेलकुद बिकास समितिको संयुक्त आयोजनामा संचालन भएको प्रतियोगितामा छात्रतर्फ प्याराडाइम स्कुल तेश्रो भयो । उसले रेम्बो स्कुललाई २५–२०,२५–२१ र २८–२६ को सोझो सेटमा पराजित ग¥यो । छात्रातर्फ शनिवार भएको फाईनल खेलमा सेन्ट डेभिजले विजेश्वरी ज्ञान मन्दिरलाई २५–२०,२५–२३ र २५–२० को सोझो सेटमा हराएको थियो ।
छात्रातर्फनै तेश्रो स्थानका लागि भएको खेलमा कुलेश्वर आवसले आयोजक आरुणी स्कुललाई २५–२०,२५–६ र २५–१६ ले हराएको थियो । प्रतियोगितामा बिजेश्वरी ज्ञानमन्दिरकी दिपा कुवर छात्रातर्फकी उत्कृष्ट खेलाडि चुनिईन । आयोजक आरुणी स्कुलका बिजय गुरुङले छात्रतर्फको उत्कृष्ट खेलाडिको उपाधि जिते । त्यस्तै प्रतियोगितामा प्रतिभावन खेलाडिको उपाधि छात्रातर्फ कुलेश्वर आवसकी प्रमिला तामाङले जित्दा छात्रतर्फ रेम्बो स्कुलका सन्तोष उप्रेतीले जिते । प्रतियोगितामा अनुसाशित टिमको उपाधि प्यारामाउण्ट स्कुले हात पार्यो । चार दिने प्रतियोगिताको बिजेता खेलाडिलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार बिष्ट,राखेप सल्लाहकार सालिकराम खड्का,अमेरिकाकालागि नेपालका पूर्व राजदुत जयराज आचार्य,काठमाण्डौं जिल्ला खेलकुद बिकास समितिका कार्यलय प्रमुख लिलाराम बस्नेत,आयोजक स्कुलका प्रिन्सिपल हिक्मत दाहाललगायतले पुरस्कृत गरेका थिए ।

Comment