सन्जयको ह्याट्रिकमा काभ्यलाई सेभेन–ए साइड फुटबलको उपाधि

seven a sidee
दोस्रो अन्तर ट्रउप जिल्लाव्यापि सेभेन–ए साइड फुटबल प्रतियोगिताको उपाधि आइतबार काभ्य स्कुलले जितेको छ । सुकेधारास्थीत बागमति बोर्डिङको खेल मैदानमा भएको फाइनलमा छहारी शिक्षा सदनलाई ४–० ले हराउदै काभ्यले उपाधि कब्जा ग¥यो । योङ्ग हर्ट ओपन स्काउट क्रिउको आयोजनामा भएको फाइनल खेलमा सन्जय खत्रि नायक बन्दा काभ्यले उपाधि रक्षा ग¥यो । खत्रिले ह्याट्रिक पुरा गर्दै कुल चार गोल गरेका थिए । फाइनलमा हार बेहोरेको छहारी शिक्षा सदनले उपविजेतामा नै चित्त बुझायो ।
त्यस्तै तेस्रो स्थानको लागि भएको खेलमा प्राक्सिस स्कुललाई ट्राइब्रेकरमा २–० ले हराउदै पुस्पा वाटिकाले वाजि मा¥यो । निर्धारित समयसम्म ४–४ गोलमै खेल टुंगीएपछि खेल अतिरिक्त सयमतिर धकेलिएको थियो । तर थप समयमा पनि गोल हुन नसकेपछि खेल ट्राइब्रेकरमार्फत टुगाें लाग्यो । दोस्रो हाफमै ४–१ को अग्रताको बाबजूत अन्तीम १५ मिनेट समालिन नसक्दा प्राक्सिस स्कुलले चौथो स्थानमा चित्त बुझाउन बाध्य भयो । प्रतियोगिता भर सात गोल गरेका छहारी स्कुलका विकास राई सर्बोत्कृष्ट खेलाडी र एक गोल मात्रै खाएका काभ्यका गोल रक्षक हरि शर्मा बेस्ट गोलकिपर घोषित भएको आयोजक योङ हर्ट ओपन स्काउट क्रिउका अध्यक्ष शुरेस कुमार खड्काले बताए ।
विजेता खेलाडीलाई प्रमुख अतिथी एसिया प्यासिफिक रिजनल अवार्ड कमिटीका अध्यक्ष र नेपाल स्काउटका सल्लाहकार श्रीराम लामिछाने,सिन्धुपाल्चोक जिल्ला स्काउटका आयूक्त देवदुत अधिकारी र बागमति स्कुलका प्रिन्सिपल मोहन भटृले पुरस्कृत गरे । तीन दिन सम्म सञ्चालन भएको प्रतियोगितामा कुल १७ टिमले प्रतिस्पर्धा गरेका अधिकारीले बताए ।

Comment