अन्नपूर्ण मैत्री बुद्धीचाल सुरु
१२ औ अन्नपूर्ण मैत्री खुल्ला विद्यालयस्तरीय चेस प्रतियोगिता सोमबार सुरु भयो । अन्नपूर्ण उच्च माबीको हलमा जारी प्रतियोगितामा ३० विद्यालयका २ सय ५० खेलाडीको सहभागिता रहेको छ । प्रतियोगितामा यु–१०,यु–१२,यु–१४ र १४ बर्ष माथिका छात्र तथा छात्रका गरी आठ स्पर्धा समाबेश गरिएको छ ।
पहिलो चरणमा नेपालका उमेर समुहमा परिचित खेलाडीहरुले जित हात पारेका छन् । यु–१६ छात्र स्पर्धामा पायनीयरका सुदिप तामाङ्ग र विराज पुडासैनीका साथै दिपज्योतीका अपिल रिमाल र आयोजक अन्नपूर्ण उच्च माबीका राजकुमार शाहले जित हात पारे । यु–१४ छात्र स्पर्धामा प्रतियोगिताका शिर्ष बरियताका खेलाडी आयोजक विद्यालयका मोहम्मद अदनान अदील तथा आयोजक विद्यलयकै समर अन्सारीले विजयी सुरुवात गरे । यसैगरी, पायनीयरका सौरभ पोखरेल र सन्देश कटुवालले पनि जित हात पारे ।
छात्रा यु–१६ की शिर्ष बरियताकी पायनीयरकी आभा पुडासैनी तथा यु–१४ मा सोही विद्यालयकी अनीसा न्यौपानेले जित हात पारे । प्रतियोगिताको प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष तथा नेपाल ओलम्पिक कमिटीका महासचिव लामा टेन्डी शेर्पा तथा बिशिष्ट अतीथी अन्नपूर्ण उच्च माबीका ब्यबस्थापन कमिटीका अध्यक्ष तथा नेपाल उद्धोग बाणीज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले उद्घाटन गरे । तीन प्रतियोगिता स्वीस लिगको आधारमा सञ्चालन हुने आयोजक कमिटीका प्रमुख केशब श्रेष्ठले बताए ।