सिनीयरमा बिशाल र मनीषा च्याम्पियन
त्रीयोग स्कुल र स्पोर्ट्स फर अल कमिसनको संयुक्त आयोजनामा सञ्चालित त्रीयोग अन्तरविद्यालय चेस प्रतियोगिताको माध्यमीक तहको स्पर्धामा छात्र तर्फ ग्रीनल्यान्डका विसाल सुनुवार तथा छात्रा तर्फ दिपज्योतीकी मनिषा जयसवाल पहिलो भए । छात्रमा अन्नपूर्ण उच्च माबीका मोहमद अदनान अदिल दोश्रो तथा दिपज्योतीका अपिल रिमाल तेश्रो भए । छात्रामा ग्रीनल्यान्डकी चन्द«ावती पण्डित दोश्रो तथा आयोजक त्रीज्योतीकी तेजश्वनी तामाङ्ग तेश्रो भए ।
निम्नमाध्यमिक तहको छात्र स्पर्धामा दिपज्योतीका सन्तोष सापकोटा पहिलो, माहंकाल मवीका विजय टामाटा दोश्रो तथा अन्नपूर्णका दिपेन्द«गमाल तेश्रो भए । ग्रीनल्यान्डको प्रभाव रहेको छात्रा निम्नमाध्यमीक तहको स्पर्धामा ग्रीनल्यान्डका समृद्धी पाण्डे पहिलो, कुसुम तामाङ्ग दोश्रो तथा निर्जला पौडेल तेश्रो भए । प्राथमिक तहमा अन्नपूर्णका प्रबेश लामा पहिलो तथा रोहीत तामाङ्ग दोश्रो भए । ग्रीनल्यान्डका सोनम तामाङ्ग तेश्रो भए । छात्रा स्पर्धामा नाइटींगल स्कुलकी सृस्टीना श्रेष्ठ पहिलो, तिलिङ्गटारकी सस्मीता बुढाथोकी दोश्रो तथा अन्नपूर्णकी रोसरी डंगोल तेश्रो भए ।
ओलम्पिक डेको अबसरमा आयोजित प्रतियोगिताका विजयी टोली तथा खेलाडीलाई प्रमुख अतिथी नेपाल बुद्धीचाल संघका अध्यक्ष एकलाल श्रेष्ठ,विद्यालयका कार्यकारी निर्देशक अजित लामा तथा प्रीन्सीपल निलेन्द« परियालले पुरस्कार प्रदान गरे । दुइ दिने प्रतियोगितामा ६ स्पर्धाम १ सय भन्दा बढी खेलाडीको सहभागिता रहेको थियो ।