एनएमजीसीको अध्यक्षमा प्रबिण
प्रबिण कार्कीको नेतृत्वलाई निरन्तरता दिदै नेपाल मार्सल आर्ट्स गेम्स कमिटीको दोश्रो साधारण सभा सम्पन्न भएको छ । कमिटीको उपाध्यक्षमा अञ्जन धमला दिपक श्रेष्ठ, र कल्पदिप राइ निर्वाचीत भए । सबै पद निर्बीरोध भएको साधारण सभाले दिनेस शर्मालाई चहासचिव तथा सञ्जु मर्हजन र विजय श्रेष्ठलाई सचिवमा चयन गरेको छ । यसैगरी, मनोज खड्का कोशाध्यक्ष भए ।
सदस्यहरुमा कृष्ण बहादुर राउत,केशबकृष्ण डंगोल, प्रकास बाबु थापा,देव जंग पण्डित,अर्जुन बहादुर श्रेष्ठ, सन्तोष श्रेष्ठ, प्रेम कोइराला,सुनिता घिमिरे र लीला प्रसाद कोइराला चयन भए । निर्वाचीत निर्वाचन अधीकृत राष्ट्रिय खेलकुद परिषद्का अधीकृत ज्ञानेन्द« श्रेष्ठले पद तथा गोपनीयताको सपथ ग्रहण गराए ।