माया र एचएचसीएलाई उपाधि

basketball1
माया र हिमालयन ह्याप्पी चाइल्ड एकेडेमी (एचएचसीए) ले तेश्रो साइपाल थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि सोमबार जितेका छन् । माया ब्वाइज र एचएचसीए गल्र्समा च्याम्पियन बने ।साइपाल एकेडेमीद्वारा आयोजित प्रतियोगिताको ब्वाइज फाइनलमा मायाले स्पोर्ट्स जोनलाई १८–१५ ले पराजित ग¥यो । मायाको जितमा दिवस अधिकारीले ७ अंक योगदान गरे ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को ओलम्पियन सेमी कभर्डहलमा भएको गल्र्स फाइनलमा एचएचसीएले गोल्डेन स्ट्रिट वारियरलाई १६–१० ले हरायो । विजेताकी सुशीला तामाङले ६ अंक जोडिन् ।
ब्वाइजमा सीसीआरसीले गोल्फुटारलाई १५–१४ को साँघुरो अन्तरले पाखा लगाउदै तेश्रो भयो । गल्र्समा श्रीदिवाले तेश्रो स्थानमा चित्त बुझायो । श्रीदिवाले हेम्सको चुनौती १६–८ ले पन्छायो ।प्रतियोगितामा फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय दिवस र सुशीला ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । दुवैले साइपालमा प्लस टु अध्ययनका लागि समान ८०–८० हजार रुपैयाँ बराबरको छात्रवृत्ति पुरस्कार स्वरुप प्राप्त गरे ।
विजेतालाई नेपाल बास्केटबल संघका वरिष्ठ उपाध्यक्ष नरेन्द्र थापा, साइपालका प्रिन्सिपल सुमन नगरकोटी, रेफ्री संयोजक निरन्जन सत्याललगायतले एक कार्यक्रमबीच पुरस्कार वितरण गरे । चारदिने प्रतियोगितामा विभिन्न ७५ विद्यालयका १ सय २० टिमले सहभागिता जनाएको प्रतियोगिता संयोजक विनोद बुढाथोकीले जनाएका छन् ।

Comment