ढोरपाटन डबल लिगमा ५ खेलाडीले स्कुटर पाउने
१२ औं ढोरपाटन ब्लु स्काई कप, टिभिएस महिला भलिबल लिग प्रतियोगिता पुसको पहिलो सातादेखि हुने भएको छ । प्रतियोगितामा पाँच उत्कुष्ट विधामा सफलता हात पार्ने खेलाडीलाई पाँच वटा स्कुटर पुरस्कार राखिएको ढोरपाटन क्लवका अध्यक्ष मानवीर छन्त्यालले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
प्रतियोगिता आगमी ९ देखि २३पुससम्म काठमाण्डौंमा सञ्चालन हुनेछ । प्रतियोगितामा विजेता हुने टिमले ३ लाख २० हजार रुपैयाँ पुरस्कार पाउने छ । उपविजेतालाई १ लाख ६० हजार, तेस्रो हुनेलाई७५ हजार रुपैयाँको पुरस्कार राशी छुट्टाइएको क्लवले जनाएको छ । चौथौ हुनेलाई ४५ हजार, पाचौँ हुनेलाई ३५ हजार,छैठौं हुनेलाई २५ हजार र सातौं हुने टिमलाई १५ हजार नगद र कप पुरस्कार राखिएको आयोजकले जानकारी गराएको हो ।
उत्कुष्ट खेलाडी, प्रतिभावान खेलाडी, प्लेयर अफ दि एयर,प्लेयर अफ दी सिरिज र ग्रेट अचिमेन्ट अवार्ड गरेर छुट्टाछुटै ५ जना महिला खेलाडीलाई टिभिएस स्कुटर पुरस्कार प्रदान गरिने क्लवका अध्यक्ष छन्त्यालले बताए । त्यस्तै गरी उत्कुष्ट, स्पाईकर, डिफेन्स,लिफ्टर, सर्भिस,ब्लकर,उत्कुष्ट क्वीकर र उत्कुष्ट कोचलाई जनही ५ हजार पुरस्कार दिइने आयोजकले बताएको छ ।
ढोरपाटन क्लवका अध्यक्ष मानवीर छान्त्याल र जब्स ग्लोबल इम्पोइमेन्ट सर्भिस प्रालिका निर्देशक चन्द्रसिंह अदई बीच प्रतियोगितामा प्रयोजन गर्ने सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । जब्स ग्लोबलले प्रतियोगिता प्रयोजन स्वरुप ५ लाख रुपैयाँ सहयोग गर्ने सम्झौता भएको जानकारी गराएका छन् । निर्देशक अदईका अनुसार भलिबल खेलको स्तर बढाउन प्रयोजक गरेको जानकारी दिएका छन् ।
नेपाल भलिबल संघका निर्वतमान अध्यक्ष दानबहादुर तामाङले प्रतियोगिताले नवप्रतिभावान खेलाडी जन्माउन महत्वपूर्ण योगदान पु¥याउने जानकारी दिएका छन् । नेपाल भलिबल संघका महासचिव जितेन्द्र चन्दले ढोरपाटनले भलिबलको विकासमा टेवा पु¥याएको बताएका छन् ।
पोखराको ज्ञानुबाबा उच्च मावि ढोरपाटनको दोस्रो संस्करण देखि पाचौँ संस्करण सम्म लगातार चौथो पटक उपाधि हात पार्न सफल सर्वाधिक सफल टिम हो । ससत्र प्रहरी बल एपीएफले आठौं संस्करण देखि एघारौं संस्करण सम्म चार पटक उपाधि हात पारेको छ । पहिलो संस्करणमा त्रिभुवन आर्मी र सातौं सस्करणमा नेपाल पुलिस क्लवले उपाधि हात पारेका थिए ।