ढोरपाटनले पुरुष भलीबल र ब्याडमिन्टन आयोजना गर्ने
ढोरपाटन क्लवले आगमी ३० मसिंर ३ पुषसम्म पुरुष राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता सञ्चालन गर्ने जनाएको छ । पुरुष भलिबल प्रतियोगितामा प्रथम हुनेलाई दुई लाख, दोस्रो हुनेलाई १ लाख रुपैयाँ पुरस्कार रहेको क्लवका महासचिव देवेन्द्र घर्तिमगरले जानकारी दिए । त्यस्तैगरी तृतीय हुनेलाई ५० हजार, चोथो हुनेलाई ४० हजार, पाँचौ हुनेलाई ३० हजार, छैठौ हुनेलाई २० हजार र सातौँ हुनेलाई १० हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताको उत्कुष्ट पुरुष खेलाडीलाई १ थान मोटरसाइकलको पुरस्कार दिइने आयोजकले जनाएको छ
उत्कुष्ट, स्पाईकर, डिफेन्स,लिफ्टर, सर्भिस,ब्लकर,उत्कुष्ट क्वीकर र उत्कुष्ट कोचलाई जनही ५ हजार रुपैयाँ पुरस्कार रहेको छ ।
त्यस्तै गरी क्लवले २७ देखि २९ साउनसम्म ब्रदर्श स्पोर्टस हलमा ब्याडमिन्टन प्रतियोगिता गर्ने जनाएको छ ।