श्रेष्ठको पहलमा खुम्बुमा जुडो डोजो
सोलुखुम्बुको चौरीखर्क– १ स्थित खुम्बुमा एभरेष्ट खुम्बु जुडो डोजो सञ्चालनमा आएको छ । नेपाल जुडो संघका महासचिव धर्मकुमार श्रेष्ठको पहलमा २ हजार ८ सय ५० मिटर उचाइमा अवस्थित खुम्बुमा डोजो सञ्चालन गरिएको बताइएको छ । श्रेष्ठ नेपालका अबोध बालीकालाई सामाजीक जिवन दिने उद्धेश्यले सिडब्लुसिएनमा आबद्ध छन् । सिडब्लुसिएन नेपाली जुडोमा युवा खेलाडी उत्पादनमा सफल मानीन्छ । रेफ्रि, प्रशिक्षण र ब्यबस्थापनमा निपुण श्रेष्ठले खेल मार्फत असाहयलाई सामाजीक सम्मान दिन पनि आफूलाई सक्रिय राखेका छन् ।
श्रेष्ठकै पहलमा जापानको युकाता जुडो डोजोका संस्थापक युकाताले २५ लाख मूल्य बराबरको १ सेट जुडो म्याट पनि डोजोका लागि प्राप्त भएको श्रेष्ठले बताए । जापानबाट नेपालमा म्याट ल्याउने खर्च डिएचएल प्रायोजन गरिदिएको हो । त्यस्तै यति एयरलायन्सले ढुवानी शुल्क नलिइ म्याट काठमाडौंबाट खुम्बुसम्म पु¥याइ दिएको थियो । अन्तर्राष्ट्रिय पदकधारी पुराना जुडो खेलाडी काजी शेर्पाले हाल १९ जनालाई प्रशिक्षण दिइरहेका छन् ।