उपाधीका लागि रत्न र विकास भिड्ने
पाँचौं पुष्पलाल स्मृती ¥याङिकङ्ग राष्ट्रिय ब्याडमिन्टन पुरुष एकल उपाधीको लागि पूर्व विजेता त्रिभुवन आर्मीका रत्नजित तामाङ्ग र भोजपुरका विकास श्रेष्ठको भिडन्त हुने भएको छ ।सोमबार भएको सेमिफाइनलमा रत्नले नेपाल प्रहरीका बिष्णु कटुवाललाई २१–९, २१–४ले र विकासले सेनाका दीपेश धामीलाई २१–१७ र २१–१६ले पराजित गरे । महिला तर्फको खेलमा सेनाकी नङ्गशल देवी तामाङ्गले सेनाकै अमिता गिरीमाथी २१–८, १८–२१ र २१–१४ को जित निकाल्दै फाइनलमा अनुमाया राई संग प्रतिस्पर्धा गर्ने भएकी छिन् । अनुले सेमिमा सेनकै जेशिका गुरुङ्गलाई १४–२१, २१–१८ र २१–१५ले पराजित गरिन् ।
यु–१७ छात्र तर्फ कञ्चनपुरका चिरन बिष्ट र सुनिल जोशी फाइनल पुगे । चिरनले सेनाका रुकेश महर्जनलाई २१–१९, २४–२२ले र सुनिलले सेनाकै प्रफुल महर्जनलाई २१–१५, १४–२१ र २१–१९ले पराजित गरे ।
छात्रा तर्फ सेनाका जेशिका गुरुङ्ग र मेघा चन्द फाइनल प्रवेश गरेका छन् । जेशिकाले सेनाकै रशिला महर्जनलाई २१–१६ र २१–१४ले र मेघाले कन्चनपुरकी रञ्जना भट्टलाई २१–१२, १७–२१ र २१–१२ले पराजित गरेका थिए ।
पुरुष युगल तर्फ सेनाका रत्नजित र नविन श्रेष्ठको जोडी तथा दिपेश धामी र सुरोजको जोडी फाइनल प्रवेश गरेका छन् । रत्नको जोडीले भोजपुरका विकास श्रेष्ठ र ललितपुरका राम राईको जोडीलाई २१–१४ र २१–११ले तथा दिपेशको जोडीले एपिएफका सुदीप सेढाई र विजितको जोडीलाई २१–१८ र २१–१५ले पराजित गरे
महिला युगल तर्फ सेनाका नङ्गशल तामाङ्ग र अमिता गिरी तथा एपिएफका पुजा श्रेष्ठ र विना तुलाचनको जोडी फाइनल प्रवेश गरेका छन् । नङ्गशलको जोडीले एपिएफका शोभा गौचन र सिता राईको जोडीलाई २१–१२, २१–१० तथा पुजाको जोडीले कैलालीकी दुर्गा भन्डारी र ललितपुरकी सुजा राईको जोडीलाई २१–१४ र २१– ११ ले परातिज गर्दै फाइन यात्र तय गरे ।