यती फ्लोरिङ राष्ट्रिय महिला भलिबल हुने
शेरवहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा यती फ्लोरिङ राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने भएको छ । पहिलो सस्करणमा शेरबहादुर खड्का स्मृती प्रतिष्ठानको नामबाट सञ्चालन भएको प्रतियोगिताले दोस्रो सस्करणमा भने मुख्य प्रायोजकको रुपमा यति फ्लोरिङको साथ पाएको छ ।
बिहिबार आयोजित पत्रकार सम्मेलनमा भलिबलका पुर्व राष्ट्रिय खेलाडी समेत रहेका प्रतिष्ठानका अध्यक्ष रन्जन खड्काले जानकारी दिए । पत्रकार सम्मेलनमा नेपाल भलिबल सघंका अध्यक्ष मनोरञ्जन रमण शर्मा र महासचिव जीतेन्द्र बहादुर चन्दले प्रतियोगिता सफलताको शुभकामना दिदै सघंको तर्फबाट प्राविधीक सहयोग रहने बताए ।
१२ देखि १५ अषारसम्म संचालन हुने प्रतियोगितालाई टाईटल स्पोन्सर गरेवापत यतिले ३ लाख नगद र दुई लाख बराबरको विविध खर्च बेहोर्ने आयोजकका अध्यक्ष खड्काले बताए । प्रतियोगितामा सहप्रयोजकको रुपमा आईएमई रिमेन्टले २ लाख वरावरको प्रायोजन गर्ने भएको छ । प्रतियोगितामा नेपालका चर्चित टिम एपीएफ,पुलिस,आर्मी,न्यु डायमण्ड,पश्चिामाञ्चल र जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रको सहभागिता रहने निश्चित भएको प्रतियोगिता संयोजक जगदिश भटृले बातए ।
त्यस्तै सहभागि टिमलाई दुई समूहमा बिभाजन गरि लिगकम नकाउटका आधारमा खेलाईने संयोजक भटृले जानकारी दिए । राष्ट्रिय खेलकुद परिषद्को बिशेष सहयोग तथा नेपाल भलिबल संघको प्रबीधिक सहयोगमा संचालन हुने प्रतियोगिताको बिजेता टिमले १ लाख,उपबिजेताले ६० हजार र तेश्रोले ४० हजार रुपैया प्राप्त गर्ने छन् । राखेप कभर्डहलमा संचालन हुने प्रतियोगिताको उत्कृष्ट खेलाडिले १५ हजार रुपैयाका साथै आर्कषक ट्रफि साथै बुद्ध एयरको माउन्टेन फ्लाइट प्राप्त गर्ने छन् ।
त्यस्तै बिधागत उत्कृष्ट, बिष्ट स्पाईकर,बेष्ट क्विकर,बेष्ट ब्लकर,बेष्ट सेटर,बेष्ट डिफेन्स र बेष्ट सर्भरले जनहि ३ हजार रुपैया र ट्रफि प्राप्त गर्ने छन् । प्रतियोगितालाई भब्यताका साथ सफल पार्न नेपाल भलिबल संघका सचिव जगदिस भट्ट संयोजक र कोषध्यक्ष सुनकेशरी माली सचिव रहने आयोजक कमिटि गठन गरिएको छ । प्रतियोगिताको ब्यापक प्रचार प्रसारका लागि संस्थाका सदस्य राष्ट्रिय खेलकुद परिषद्का अधिकृत दुर्गा दुलाललाई प्रचार प्रसार संयोजकको जिम्मेवारी दिईएको छ । प्रतियोगिताका लागि १२ लाख अनुमानित लागत लाग्ने आयोजक जनाएका छन् । पत्रकार सम्मेलनमा नेपाल भलिबल सघंका सचिव मनविर छन्त्याल,न्यू डायमण्ड एकेडेमीका प्राचार्य एवम् प्रशिक्षक कुमार राई लगायतको उपस्थीती थियो ।