प्रधानमन्त्री कप विश्वविद्यालय खेलकुद हुने

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा प्रथम प्रधानमन्त्री कप विश्वविद्यालयस्तरीय राष्ट्रिय खेलकुद असार २७ गतेदेखि हुने भएको छ ।प्रतियोगितामा पुरुष भलिबल र बास्केटबल तथा पुरुष÷महिला ब्याडमिन्टन, टेबलटेनिस र बुद्धिचालको प्रतिस्पर्धा हुने छ । भलिबल त्रिपुरेश्वरस्थित राखेपको कभर्डहल, बास्केटबल त्रिपुरेश्वरस्थित राखेपको ओलम्पियन सेमी कभर्डहल, ब्याडमिन्टन र बुद्धिचाल सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर तथा टेबलटेनिस लैनचौस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुने छ ।
तीनदिने प्रतियोगितामा विभिन्न ८ विश्वविद्यालयका २ सय ८ खेलाडी सहभागी हुने राखेपअन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रशासकीय अधिकृत मीन शर्माले जनाएका छन् । प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न राखेप सदस्य गंगाबहादुर थापाको संयोजकत्वमा १६ सदस्यीय प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन समिति गठन गरिएको छ । प्रतियोगिताको अनुमानित बजेट ३५ लाख रुपैयाँ रहेको छ ।

Comment