प्रसान्त चेस च्याम्पियन

chess 1
थारु विद्यार्थी समाज काठमाडौ उपत्यका समितीले आयोजना गरेको बुद्धीचाल प्रतियोगिताको उपाधि प्रसान्त चौधरीले जितेका छन् । उनले पाच चरणको खेलमा सत प्रतिसत जित हात पारे । समान चार अंक भएका संगम फनेत, रोय मनीस थारु, र राम जनम चौधरी दोश्रो देखि चौथो भए । तीन अंक भएका नेत्र गौरा पाचौ भए ।
स्वीस लिग चरणको आधारमा भएको खेलमा १८ जना खेलाडीको सहभागिता रहेको थियो । प्रतियोगिताको नेपाल बुद्धीचाल संघका प्रथम उपाध्यक्ष विदुर गौतमले उद्घाटन गरेका थिए ।

Comment