बीएमएस बास्केटबल बिहिबार देखि
बौद्ध मेरिडियन स्कुलको आयोजनामा प्रथम बीएमएस अन्तरविद्यालय बास्केटबल प्रतियोगिता बिहीबारदेखि सुरु हुँदैछ । प्रतियोगितामा ८ छात्र टिमले लिगकम नकआउट आधारमा प्रतिस्पर्धा गर्ने आयोजक बौद्ध मेरिडियनका भाइस प्रिन्सिपल दिनेश न्यौपानेले जानकारी गराए । सहभागी टिमलाई २ समूहमा विभाजन गरिएको छ । समूह विजेता र उपविजेता सोझै सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
समूह ‘ए’मा आयोजक बौद्ध, ठुङराम इन्टरनेसनल एकेडेमी (टीआईए), मल्पी इन्टरनेसनल स्कुल र बाबाबोर्डिङ स्कुल रहेकाछन् । त्यस्तै बृहस्पतिविद्या सदन, द एक्सेल्सियर स्कुल, रुपिज इन्टरनेसनल स्कुल र मेरिडियन इन्टरनेसनल स्कुल समूह ‘बी’मा छन् ।
पहिलो दिन ३ खेलाइनेछ । उद्घाटन खेलमा आयोजक बौद्ध मेरिडियनले मल्पी इन्टरनेसनल स्कुलसंग प्रतिस्पर्धा गर्नेछ । बाँकी दुई खेल रुपिज इन्टरनेसनल स्कुल र द एक्सेल्सियर स्कुल तथा बृहस्पति विद्यासदन र मेरिडियन इन्टरनेसनल स्कुलबीच हुनेछ । प्रतियोगिताका खेलहरु जोरपाटीस्थित आयोजककै कोर्टमा हुने छ । जम्मा १५ खेल हुने प्रतियोगिताको फाइनल ३० असारमा हुनेछ ।