नेपाल हाप्किडो सघंको नेतृत्वमा महर्जनको निरन्तरता

haikidoe
नेपाल हाप्किडो सघंको साधारण सभाले एनिप महर्जनको नेतृत्वमा ९ सदस्यीय कार्यसमिती निर्विरोध चयन गरेको छ । ललितपुरको टिकाथलीमा भएको दोस्रो साधारण सभा तथा निर्वाचनले वरिष्ठ उपाध्यक्षमा नरेन्द्र महर्जन र उपाध्यक्षमा सुगत शाक्यलाई चयन ग¥यो । एक दिने भेलाले उनिहरुलाई पुनःअर्को कार्यकालका लागि जिम्मेवारी प्रदान ग¥यो ।
त्यस्तै सघंको नयाँ महासचिवमा मनोज कुमार महर्जन,सचिवमा महेश राज बज्रचार्य र कोषाध्यक्षमा लभेन्द्र नेमकुललाई पुनः जिम्मेवारी प्रदान ग¥यो । तीन सदस्यहरुमा अनिल महर्जन,इन्द्र महर्जन र बालकृष्ण थापाले निरन्तरता पाए । चार वर्षीय कार्यकालका लागि उनिहरुलाई ६० निर्वाचन प्रतिनिधीको भेलाले थप जिम्मेवारी प्रदान गरेको थियो । हाप्किडो मार्सल आर्ट खेलको एक प्राचिन विधा मानिन्छ । नेपाल हाप्किडो सघं नेपाल राष्ट्रिय मार्सल गेम्स महासघंमा आवद्ध खेल सस्था पनि हो । निर्वाचित कार्यसमितीलाई नेपाल राष्ट्रिय मार्सल गेम्स महासघं(एनएमजिसि)का उपाध्यक्ष अन्जुनाथ श्रेष्ठले बधाई तथा शुभकामना दिए । श्रेष्ठले पछिल्लो कार्यकालको आधारमा पुनः जिम्मेवारी पाएकाले यस्तै किसिमले मार्सल खेललाई विकाश गर्न शुभकामना दिए ।

Comment