जुडो टोली स्विट्जरल्यान्ड जाँदै
दुई खेलाडीसहित तीन सदस्यीय नेपाली जुडो टोली युथ ट्रेनिङ क्याम्प– २०१६ मा सहभागी हुन आइतबार स्विट्जरल्यान्ड जाँदैछन् । खेलाडीमा इन्द्रबहादुर श्रेष्ठ र मनीता श्रेष्ठ प्रधान रहेका छन् । दुवै १२ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता हुन् । भारतमा गत फेब्रअरीमा सम्पन्न सागमा इन्द्रले कांस्य र मनीताले रजत जितेका थिए ।प्रशिक्षकमा लक्ष्मी तामाङ छिन् ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट, नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्य र महासचिव धर्मकुमार श्रेष्ठलगायतले सातदोबाटोमा बिदाइ गरे । क्याम्प जुलाई १८ देखि २४ तारिखसम्म सञ्चालन हुनेछ ।