मुवाँ थाई सेमिनार
नेपाल राष्ट्रिय मुवाँ थाई संघको आयोजनामा मुवाँ थाइ सेमिनार आइतबारदेखि सुरु हुँदैछ ।सेमिनारमा २० जनाको सहभागिता रहने आयोजक संघका अध्यक्ष गणेशलाल कक्षपतिले जनाएका छन् ।
साताव्यापी सेमिनार त्रिपुरेश्वर र जावलाखेलस्थित प्लाटिनम फिटनेस सेन्टरमा हुनेछ । म्यान्मारका मुवाँ थाइ प्रशिक्षक दीपक श्रेष्ठले सेमिनार सञ्चालन गर्नेछन् ।