टेबलटेनिसको एडभान्स कोर्ष
अखिल नेपाल टेबलटेनिस संघले हाइलेभल एडभान्स कोर्ष लेभल टु सम्पन्न गरेको छ । अन्तराष्ट्रिय टेबल टेनिस महासंघको मातहतमा सञ्चालीत कोर्षमा १४ जना सहभागि थिए । कोर्ष पुरा गर्नेमा प्रदिप रोका,नरेस रावल, शिब सुन्दर गोथे, राकेश मर्हजन, प्रसान्त मर्हजन, सुनील मर्हजन, महेश खनाल,अमर लाल मल्ल,जयराम मर्हजन, अनीता मर्हजन, अमर विक्रम शाह,नब बहादुर क्षेत्री, इन्द«भक्त पनेहा र नबीन बहादुर सिंह छन् । उत्तीर्ण भएका सात मध्य तीन प्रशिक्षकले दुइ बर्ष पछि हुने कोर्षमा सहभागि हुन पाउने छन् । बिशेषज्ञ जर्जले उनीहरुलाई प्रशिक्षण दिएका थिए । नेपाल ओलम्पिक कमिटीका महासचिव तथा राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष लामा टेन्डी शेर्पाले उनीहरुलाई प्रमाणपत्र वितरण गरे ।