अमृत र अरहान्त क्वाटरफाइनलमा

squashe
अमृत थापा मगर र अरहान्तकेशर सिंह धनलक्ष्मी महर्जन स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिताको पुरुष सिंगल्समा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । अमृतले राकेश गुप्तालाई ११–२, ११–४ र ११–९ तथा अरहान्तले वीरबहादुर नेपाललाई ११–१, ११–५ र ११–४ को सोझो सेटमा पराजित गरे ।
सोही स्पर्धामा अमिर ब्लोनले दिलिपनरसिंह अधिकारीलाई ११–५, ११–७, १२–१४, ४–११ र ११–५, ज्ञानु चौधरीले मित्र गुराउलाई ११–४, ११–३ र ११–५, राजेन्द्र शाक्यले निशान्त अग्रवाललाई ११–२, ११–६ र ११–७ तथा प्रवीणवीरसिंह कंशाकारले उमिद शाक्यलाई १२–१०, ११–६ र ११–५ ले हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।
महिला सिंगल्समा कृष्ण थापाले लक्ष्मी थापालाई ११–०, ११–२ र ११–३, भावना सुनवारले स्विकृति सुनवारलाई ११–२, ११–१ र ११–२, विपना ब्लोनले साक्षी सुनवारलाई ११–५, ११–१ र ११–३ तथा सपना ब्लोनले रुपा थापालाई ११–३, ११–२ र ११–४ को सीधा सेटमा पाखा लगाउदै सेमिफाइनलमा स्थान पक्का गरे ।
भेट्रान्स ५० वर्षमाथि पुरुष सिंगल्समा मनोजबहादुर श्रेष्ठले अजयकेशर सिंहलाई ११–६, ५–११, १२–१०, ९–११ र ११–२ तथा महेन्द्र महर्जनले किशोर महर्जनलाई ११–८, ११–५ र ११–२ को सेटमा निराश पारे । जितसंगै मनोज र महेन्द्र सेमिफाइनलमा पुगे ।

Comment