मिन सर्वोकृष्ट धनुषधर
मिन गौचन पाँचौ खुला रनिङशिल्ड तारा खेल(धनुषवाण) प्रतियोगिताको ब्यक्तिगत स्पर्धामा सर्वोकृष्ट धनुषधर चुनिएका छन् । आयोजक थासाङ स्पोर्टस् क्लबका कोषाध्यक्ष समेत रहेका मिनले सर्वाधिक ८ अंक जोड्न सफल भए । दोश्रो स्थानमा रहेका थकाली मार्फा सदनका चित्रलाल हिराचनले ५ अंक जोडे । त्यस्तै नेपाल छन्त्याल समाजका प्रताप छन्त्याल ४ अंक सहित तेश्रो भए । प्रतियोगिताको अन्तिम दिन शुक्रवार टिम स्पर्धा हुने आयोजक थासाङ स्पोर्टस् क्लबका अध्यक्ष कृष्ण शेरचनले जानकारी गराए । नेपालको पौराणीक खेल धनुषवाण प्रतियोगिता टिम स्पर्धामा ११ टिमको सहभागिता रहने छ । एक टिममा ७ जना खेलाडि समाबेश गरिएपनि एक पटकमा ६ जना खेलाडिले मात्र प्रतिस्पर्धा गर्न पाउने छन् । कुल १ सय २० अंकका लागि प्रत्येकले १० डोरमा २० तिर निशानामा लगाउने प्रयास गर्ने छन् ।