जि. बल कार्यशाला

jymnistaie
नेपाल खेलकुद विज्ञान प्रतिष्ठानअन्तर्गतको सबैका लागि जिम्न्याष्टिक परियोजनाको आयोजनामा फन्डामेन्टल कन्डिसनिङ विथ जि. बल कार्यशाला आइतबारदेखि सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सुरु भएको छ ।
कार्यशालामा खेलाडी, प्रशिक्षक, शिक्षक, चिकित्सक गरी ३६ जनाको सहभागिता रहेको परियोजनाका निर्देशक प्रकाशलाल श्रेष्ठले जनाएका छन् ।
जापान जि. बल संघका महासचिव एवं जि. बल विशेषज्ञ युकी मिसुले सहभागीलाई बलको माध्यमबाट गर्न सकिने विभिन्न व्यायमका बारेमा जानकारी गराएका थिए । कार्यशाला सोमबार सम्पन्न हुनेछ । साउन २५ र २६ मा पोखरामा पनि कार्यशाला हुनेछ ।

Comment