पिस प्वाइन्टलाई फुटबल उपाधि

peacepointe
आयोजक पिस प्वाइन्ट बोर्डिङ स्कुलले प्रथम पिस प्वाइन्ट कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको उपाधि आइतबार जितेको छ । सानोगौचरणमा भएको फाइनलमा पिस प्वाइन्टले चाल्र्स डार्विनलाई २–१ गोलअन्तरले पराजित ग¥यो । विजयी टिमका लागि कार्साङ लामाले १ गोल गरे भने अर्को गोल आत्माघाती थियो । चाल्र्स डार्विनका दीपराज चौलागाईंले १ गोल फर्काए ।
पिस प्वाइन्टले प्रिक्वाटरफाइनलमा बेबिलनलाई ९–०, क्वाटरफाइनलमा रिलायन्स रेसिडेन्सियललाई ४–१ तथा सेमिफाइनलमा सेवासदनलाई ४–१ गोलले पाखा लगाउदै फाइनल यात्रा तय गरेको हो । भाटभटेनी सुपर मार्केटले विजेतालाई ६ हजार र उपविजेतालाई ४ हजार नगद पुरस्कार प्रदान ग¥यो ।
तेश्रो स्थानमा चित्त बुझाएको ल्यान्डमार्कले सेवासदनलाई टाइब्रेकरमा ३–२ गोलले हरायो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएको थियो ।
प्रतियोगितामा चाल्र्स डार्विनका दीपराज चौलागाईं उत्कृष्ट खेलाडी घोषित भए । त्यस्तै ल्यान्डमार्कका निशान राई गोलरक्षक तथा पिस प्वाइन्टका अर्विन राय डिफेन्समा उत्कृष्ट ठहरिए । प्रतियोगिताभर ५ गोल गरेका पिस प्वाइन्टका कार्साङ लामा सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा रहे ।
विजेतालाई अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्ष विराटजंग शाही, जिसाका एन प्याब्सनका अध्यक्ष श्याम योञ्जन, पिस प्वाइन्टकी संस्थापक प्रिन्सिपल इशु गुरुङ, पिस प्वाइन्टकी भाइस प्रिन्सिपल कल्पना न्यौपानेलगायतले एक कार्यक्रमबीच पुरस्कार वितरण गरे । भदौ १ गतेदेखि सुरु प्रतियोगितामा १६ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

Comment