सन्योग र डिकेन फाइनलमा

tte
आदर्श विद्या मन्दिर (एभीएम) का सन्योग कपाली र डिकेन महर्जन ११ औं हरेराम जोशी स्मृति टेबलटेनिस प्रतियोगिताको यु–१६ ब्वाइज सिंगल्समा बुधबार फाइनलमा प्रवेश गरेका छन् ।लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको सेमिफाइनलमा सन्योगले एभीएमकै सुधाकर खत्रीलाई ३–२ तथा डिकेनले प्रोक्सिमाका रेखन तामाङलाई ३–१ ले पराजित गरे ।
सोही स्पर्धाको गल्र्समा एभीएमकी दीक्षा तामाङले श्री ज्ञानमन्दिरकी अनुष्का प्रसाईंलाई ३–२ तथा एभीएमकी लश्ता महर्जनले प्रभातकी अन्जु सुवाललाई ३–१ ले हराउदै फाइनलमा स्थान सुरक्षित गरे ।हरेराम जोशी स्मृति प्रतिष्ठानद्वारा आयोजित प्रतियोगिताको यु–१२ ब्वाइज सिंगल्समा एभीएमका रुविन महर्जनले ग्यालेक्सीका उपेन पराजुलीलाई ३–० तथा विजेश्वरीका सुजन खड्काले एभीएमका विशाल गोलेलाई ३–२ ले पाखा लगाउदै फाइनलमा स्थान सुरक्षित गरे ।
उक्त स्पर्धाको गल्र्समा प्रभातकी मनीषा सुवालले विजेश्वरीकी मारिया थापा मगरलाई ३–० तथा प्रभातकै मन्जु सुवालले श्री ज्ञानमन्दिरकी निसी अवालेलाई ३–२ ले पन्छ्याउदै फाइनल यात्रा तय गरे ।
दुईदिने प्रतियोगितामा स्कुलतर्फ यु–१२ र यु–१६ उमेरसमूहमा ब्वाइज÷गल्र्सको सिंगल्स तथा खुलातर्फ पुरुष÷महिला सिंगल्स स्पर्धा समावेश छन् । भेट्रान्स ४० वर्षमाथि पुरुष÷महिलाको सिंगल्स खेल पनि हुनेछ ।

Comment