मल्पी र रातो बंगला क्वाटरफाइनलमा
मल्पी ‘ए’ र रातो बंगला प्रथम नामी कप अन्तरकलेज ए लेभल थ्री अन थ्री बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ शनिबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।मल्पी ‘ए’ ले आयोजक नामी कलेज ‘ए’ लाई १३–११ तथा एसलाई १५–७ ले पराजित गर्दै समूह ‘ए’ को विजेता बन्यो । एसले नामी ‘ए’ लाई ६–४ ले हराउदै समूह उपविजेताका रुपमा क्वाटरफाइनलमा पुग्न सफल भयो ।समूह ‘सी’ को विजेता बन्दै क्वाटरफाइनल पुग्ने क्रममा रातो बंगलाले ग्लोबललाई १३–३ तथा लिटिल एन्जल्स (एलए) लाई ८–६ ले निराश पा¥यो । एलएले ग्लोबललाई ४–३ ले पन्छ्याउदै समूह उपविजेताका हैसियतले क्वाटरफाइनलमा स्थान पक्का ग¥यो ।
समूह ‘बी’ बाट ट्रिनिटी विजेता हुँदै क्वाटरफाइनलमा प्रवेश ग¥यो । ट्रिनिटीले नामी ‘बी’ लाई १६–८ र साइपाल एकेडेमीलाई ७–४ ले पाखा लगायो । साइपाल पनि समूह उपविजेता बन्दै क्वाटरफाइनलमा पुगेको छ । साइपालले नामी ‘बी’ को चुनौती ८–७ ले समाप्त पा¥यो ।
जोरपाटीस्थित आयोजक नामीको कोर्टमा भएको गल्र्सको लिग खेलमा मल्पीले नामीलाई ९–५, एसले एलएलाई ४–२ तथा नामीले साइपाललाई ४–३ ले हराए ।
प्रतियोगिताको नामीका प्रमुख कार्यकारी अधिकृत योगराज कँडेल शर्मा र ए लेभल कोओर्डिनेटर टेकनाथ पौडेलले रेफ्री सागर श्रेष्ठलाई बल हस्तान्तरण गरी उद्घाटन गरे । सो अवसरमा कँडेलले खेलकुदको माध्यमबाट ए लेभल कलेजबीचको सम्बन्धलाई विस्तार र सुमधुर गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए ।
दुवै समूहका विजेताले १० हजार र उपविजेताले ५ हजार नगद पुरस्कार पाउने छन् । ‘मोस्ट भेलुएबल प्लेयर’ लाई गिफ्ट ह्याम्पर प्रदान गरिने छ । सोमबारसम्म चल्ने प्रतियोगिताको ब्वाइजमा ११ र गल्र्समा ६ गरी जम्मा १७ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरिरहेका छन् ।