सुमित र सुसीलको जित

sushil
सुमित पन्तले भारतमा जारी दक्षिण एसियाली एमच्योर चेस च्याम्पियनसीपमा पदकको सम्भावना जिवित नै राखेका छन् । सोमबार आठौ चरण सकिदा सुमितको ६.५ अंक छ । प्रतियोगितामा थापाथली चेस पार्कका सुमित सहित सुसील चौधरी र बबुन क्षेत्री सहभागि छन् । सुसीलको ६ तथा बबुनको ५ अंक छ । सुसीलले सातौ चरणमा गोपाल राथोठ तथा आठौ चरणमा चेनीराम पेगुलाई हराए । सुमितले सुीनल बेदीसंगको खेलमा बराबरी गरे भने आर्यनसंगको खेलमा जित हात पारे । भारतबाट ज्ञानेन्द« मर्हजनले दिएको जानकारी अनुसार बुबुनले रबी कुमार गौतमसंगको खेलमा जित हात पारे भने जे जननीसंग पराजियको सामना गरे ।

Comment