पहिलो एफएमकी चेली पहिलो डब्लुएफएम

शान्ता थापाको साथमा सुजना
शान्ता थापाको साथमा सुजना
प्रशिक्षक मनीष हमाल
प्रशिक्षक मनीष हमाल

नेपालको पहिलो फीडे मास्टर मनीष हमालको शिष्य सुजना लोहनी नेपालको पहिलो डब्लुएफएम भएकी छिन् । अजरबैजानको बाकुमा जारी ४२ औ चेस ओलम्पियाडमा नौ खेलमा आबस्यक पर्ने ६ स्कोर आठ खेलमा पुरा गरेकी सुजनाले अन्तिम चरणमा अरुवाको ज्याकोब्स अनालाइकेसंग प्रतिस्पर्धा गर्दै छिन् । १० औ चरणमा उनले लसोथोकी मानेउली माहलाउलीसंग जित हात पारिन् । सो खेलमा नेपाल २.५–१.५ ले विजयी भयो । नेपालकी सिन्दरा जोशीले जित हात पारेको खेलमा मोनालीसा खुम्बुको बराबरी भयो ।यसै गरी, शान्ता थापा पराजित भइन् । ग्रीनल्यान्ड स्कुलकी उत्पादन सुजनाका प्रशिक्षक मनीष हमाल आठ बर्ष अघि जर्मनीमा भएको ओलम्यिाडमा सफलता पाउदै नेपालको पहिलो फीडे मास्टर भएका थिए । चेस खेललाई प्राथमिकता दिएको ग्रीनल्यान्ड स्कुलले सोही समयमा उत्तम राज थापालाई प्रशिक्षकको रुपमा राखेको थियो । थापा पछि मनीषले प्रशिक्षकको जिम्मेवारी सम्हाल्दै आएका छन् ।
बाकु ओलम्पिायडको १० औ चरणमै खुला तर्फ नेपाल चाइनीज ताइपेइसंग ३–१ ले पराजित भयो । रेटिङ्गको तुलनामा उत्कृष्ट प्रदर्शन गरिरहेको चाइनीजताइपेइसंगको खेलमा नेपालका सजिन मर्हजन र क्षितिज भण्डारी र सजिन मर्हजनको बराबरी भयो भने केशब श्रेष्ठ र निरज निरौला पराजित भए । ११ औ चरणमा नेपालले इराकको सामना गर्ने छ ।

Comment