रत्नजित र नङशललाई स्वर्ण

Manoj Shiama
21 October, 2016 11:59 pm

ratna-jeet-and-namgsal
पाकिस्तानको इस्लामाबादमा भएको योनेक्स सनराइज पाकिस्तान इन्टरनेसनल ब्याडमिन्टन सिरिजको मिक्स डबल्समा भाइ रत्नजित तामाङ र दिदी नङशलको जोडीले शुक्रबार स्वर्ण जितेका छन् ।
फाइनलमा रत्न र नङशलको जोडीले पाकिस्तानका मोहम्मद इर्फान सइद भट्टी र मेहमोना अमिनको जोडीलाई २१–१३ र २१–१५ को सोझो सेटमा पराजित गरी ब्याडमिन्टनमा नेपाललाई ऐतिहासिक सफलता दिलाएको ब्याडमिन्टन संघका उप महासचिव लवभक्त श्रेष्ठले जनाएका छन् ।
नेपाली ब्याडमिन्टनको इतिहासमा कुनैपनि नेपाली खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा हालसम्म स्वर्ण जितेका छैनन् । यसअघि दुई भिन्नभिन्नै अन्तर्राष्ट्रिय प्रतियोगितामा सुमिना श्रेष्ठ र पूजा श्रेष्ठले महिला डबल्समा रजत जितेका थिए । त्यो नै ब्याडमिन्टनले अन्तर्राष्ट्रिय प्रतियोगितामा हासिल गरेको सबै भन्दा ठूलो उपलब्धी थियो ।
नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले नेपाली ब्याडमिन्टनका लागि आजको दिन स्वर्णनिम भएको बताए । नङशलले महिला सिंगल्समा पनि कांस्य पदक जितिन् ।