कराते टोलिको बिदाइ
भारतको हल्द्वानी नैनीतालमा संचालन हुने इन्डो नेपाल कराते प्रतियोगितामा सहभागी हुने नेपाली कराते खेलाडी सहितको टोलिलाइ पूर्व सांसद तथा एमाले नेता नारदमुनि राना र कैलाली जिल्ला खेलकुद बिकाश समितिका उपाध्यक्ष बाबुराजा श्रेष्ठले एक समारोहका बीच विदाइ गरे। अल इन्डिया वादाकाइ कराते फेडेरेसन नैनीतालको आयोजनामा डिसेम्बर २२ तारिक देखि संचालन हुने प्रतियोगितामा सुदुर तथा मध्यपश्चिमाञ्चल क्षेत्रका खेलाडी सहित २७ जनाको टोलि सहभागी हुने टोलिनेता प्रकाश कुमार चन्दले जानकारी दिए। प्रतियोगीतामा सहभागि हुने खेलाडीहरुमध्ये कैलाली जिल्लाबाट सहभागी हुने खेलाडीहरु सातौ राष्ट्रिय खेलकुद प्रतियोगीता अन्तर्गत सुदुर पश्चिम क्षेत्रीय प्रतियोगीताका लागि छनौट खेलाडीहरु सहभागी हुने छन् । प्रतियोगीतमा सहभागी टीमको प्रशिक्षकमा रमेश डाँगी र टीम ब्यबस्थापकमा नेपाल गोजुरियो कराते संघ कैलालीका उपाध्यक्ष बिजयराज पन्त रहनुहुने टोलि नेता चन्दले बताए । विदाइ समारोहमा सुदुर पश्चिम क्षेत्रीय खेलकुद बिकाश समितिका कार्यालय प्रमुख प्रेम बहादुर मल्ल , निर्देशक् रामेश्वर प्रसाद श्रेष्ठ उपनिर्देशक तथा ओलम्पियन बिष्णु बहादुर सिंह, कैलाली जिल्ला खेलकुद बिकाश समितिका कार्यालय प्रमुख टोप बहादुर बिष्ट, राखेप कर्मचारी संघका केन्द्रीय सदस्य दिपक बहादुर सिंह र कैलाली जिल्ला खेलकुद बिकाश समितिका प्रशिक्षण इन्चार्ज मोतिराज पनेरु लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।