थर्ड आइको मैत्रीपूर्ण खेल बराबरी

Manoj Shiama
23 October, 2016 11:10 am

नयाँ बानेश्वरको चर्चित थर्ड आइ युथ क्लबले आयोजना गरेको विवाहित र अविवाहितबिचको मैत्रीपूर्ण खेल बराबरीमा टुंगिएको छ । विवाहित र अविविाहित टिमबिच च्यासल मैदानमा भएको खेलमा ३–३ को बराबरी भएको थियो । दुई पुस्ताबिच आपसी भाइचारा विकास गर्ने उद्देश्यले थर्ड आइ युथ क्लबले प्रत्येक बर्ष दिपावलीको अवसरमा विवाहित र अविवाहितबिच मैत्रीपूर्ण खेल गर्ने गरेको प्रतियोगिताका संयोजक भक्तशंकर श्रेष्ठले बताए ।
विवाहित र अविवाहितबिचको खेल हेर्न नयाँ बानेश्वरका स्थानिय बासिन्दाको बाक्लो उपस्थिति थियो । शुभकामना आदान प्रदान गर्दै नेपालकै सर्वाधिक लोकप्रिय फुटबल खेल खेल्ने परम्परालाई आगामी दिनमा पनि निरन्तरता दिने श्रेष्ठले बताए । सो कार्यक्रमका लागि जनता बैंक, माच्छापुच्छे बैंक, सिटिजन बैंकलगायत अन्य संघ संस्थाहरुले प्रायोजन गरेका थिए । बानेश्वर श्रेत्रमा बसोबास गर्ने स्थानियबासिन्दाले प्रत्येक बर्ष हुने सो प्रतियोगितालाई आफ्नो मौलिक चाड जसरी नै मनाउन थालेकाले त्यस क्षेत्रका व्यवसायीक संघ÷सस्थाहरुको यस प्रतियोगितामा आकर्षण बढेको श्रेष्ठको दावी थियो ।