खो खोको निर्णायक तालिम शुरु

kholho1
नेपाल खो खो संघको आयोजनामा मंसीर ८ देखि पूर्व घोषित कार्यक्रम अनुसार देशभरीबाट आउनुभएका ५० जना सहभागीहरु बीच खो खो खेल निर्णायक तथा प्रशिक्षक प्रशिक्षण कार्यक्रम आजबाट शुरु भयो । आज विहान ८ बजे देखि काठमाण्डौको टुँडिखेल आर्मी ग्राउण्डमा भेला भई शुरु भएको कार्यक्रमको औपचारिक उद्घाटन युवा तथा खेलकुद मन्त्रालयका उपसचिव महेश्वर शर्माबाट पानसमा दीप प्रज्वलन गरी शुभारम्भ भयो ।
उद्घाटन कार्यक्रम संघका उपाध्यक्ष तथा निर्णायक तालिम कार्यक्रममा संयोजक प्रदिप महर्जनको सभापतित्वमा भएको हो । उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य राख्दै खो खो खेललाई राष्ट्रपति रनिङ शील्डमा समावेश गर्न मन्त्रालयको ध्यानाकर्षण गर्नुभयो । त्यसरी नै खो खो खेलका बरिष्ठ प्रशिक्षक तथा संघका बरिष्ठ सल्लाहकार केशव गौतमले नेपालमा खो खोको अवस्था बारे जानकारी दिनु भयो ।
उद्घाटन कार्यक्रममा खो खो खेल बारे मन्त्रालयको ध्यानाकर्षण भएको भन्दै मन्त्रालयबाट पनि सक्दो सहयोग गर्ने बचन दिनुभयो । कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका अर्का उपसचिव ज्ञानराज सुवेदी, शाखा अधिकृतहरु रविप्रसाद दवाडी, गणेश गुरुङ, नीता शर्मा, एशियन खो खो फेडेरेशनका टेक्नीकल पर्सन तथा खो खो फेडेरेशन अफ इण्डियाका रेफ्री दिलिप बडुवा, संघका सदस्य तथा प्रशिक्षक लक्ष्मीनारायण वैद्यको पनि उपस्थिति थियो । कार्यक्रम संघका सदस्य शंकर महर्जनले सञ्चालन गर्नुभएको थियो । सहभागीहरुको तर्पmबाट खो खो संघ बर्दियाका अध्यक्ष छत्र बहादुर शाहीले मन्तव्य राख्नु भयो ।

Comment