सदस्य सविचलाई करार कर्मचारीको ज्ञापन पत्र
Manoj Shiama
11 November, 2016 7:25 pm
राष्ट्रिय खेलकुद परिषद करार कर्मचारी संघर्ष समितिले राष्ट्रिय खेलकुद परिषदमा लामो समय देखि कार्यरत करार कर्मचारीलाई यथा सिघ्र स्थाई गर्न माग गर्दै सदस्य सचिव केशव कुमार बिष्टलाई शुक्रबार ज्ञापन पत्र बुझाए छन् ।
समितिका संयोजक काजिमान श्रेष्ठद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा परिषदमा लामो समय देखि कार्यरत प्राविधिक तथा प्रशासनिक करार कर्मचारीहरुलाई स्थाई गर्न माग गर्दै १५ दिन भित्र कार्यान्वयन तहमा नगए संघर्ष समितिले विभिन्न चरणको आन्दोलन थाल्ने जनाईएको छ ।