एकलमा नेपाली खेलाडीको हार

Manoj Shiama
18 November, 2016 11:59 am

जापानमा भइरहेको एसियाली सफ्टटेनिस च्याम्पियनसीपमा नेपाली खेलाडीको पहिलो दिन राम्रो हुन सकेन । नेपालकी चन्द«माया राइ पहिलो चरणबाट अघि बढ्न नसक्दा एलीजा रञ्जित र मेघा श्रेष्ठ पनि दोश्रो चरणमा हारे । पहिलो चरणमा राइ फीलीपीन्सकी चाटीङ डिग प्रीन्सेस लोरेनसंग ०–४ ले हारिन् । भियतनामकी खेलाडी माथि जित हात पारेकी मेघा दोश्रो चरणमा चाइनीज ताइपेइकी शिर्ष बरियताकी खेलाडी चेंग चु लोंगसंग ०–४ ले हारिन् । एलीजाले पहिलो चरणमा काजकस्तानकी सुल्तान गजीना गलुयमलाई ४–१ ले हराए पनि दोश्रो चरणमा फीलीपीन्सकी कोन्चीटा काराजोनसंग ०–४ ले हारिन् ।
पुरुष तर्फ कमल भण्डारी पहिलो चरणमा काजकस्तानका मिजरेभ हुस्नुदबेकलाई ४–२ ले हराए पनि दोश्रो चरणमा इन्डोनेसीयाका सेइ अल्बर्टसंग १–४ ले हारे । राजु पटुवार नगरकोटी लाओसका अन्पोनी अनान्दानेसंग टाइब्रेकरमा ५–७ ले हारे ।