ओडिसी बास्केटबलमा ४० टिम
ओडिसी इन्टरनेसनल एकेडेमीको आयोजनामा हुने नवौं ओडिसी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा ४० टिमको सहभागिता रहने भएको छ ।
जुनियर ब्वाइजमा २४ र सिनियर गल्र्समा १६ गरी ४० टिमले प्रतिस्पर्धा गर्ने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा ओडिसीका प्रिन्सिपल नारायण रोकाले जानकारी गराए । गल्र्सको प्रतिस्पर्धा थ्री बाइ थ्री स्वरुपमा हुनेछ ।
ब्वाइज टिमलाई ८ समूह तथा गल्र्सलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइनेछ । ब्वाइजको समूह विजेता र उपविजेता प्रिक्वाटरफाइनलमा प्रवेश गर्नेछन् भने गल्र्सको समूह विजेता र उपविजेता क्वाटरफाइनलमा प्रवेश गर्नेछन् । ब्वाइजमा ओडिसी र गल्र्समा भ्याली पब्लिक साविक विजेता हुन् । प्रतियोगिता आइतबारदेखि सुरु हुनेछ ।
प्रिन्सिपल रोकाले विद्यार्थीमा रहेको प्रतिभालाई प्रस्फुटन गर्ने अवसर प्रदान गर्नुका साथै राष्ट्रका लागि सक्षम खेलाडी उत्पादन गर्न सहयोग पु¥याउने उद्देश्यले विगत ८ वर्षदेखि प्रतियोगिता आयोजना गर्दै आइरहेको बताए ।
प्रतियोगिता सञ्चालन गर्न करिब २ लाख ५० हजार खर्च हुने आयोजकले जनाएको छ । वाइपियरले पनि प्रतियोगितालाई प्रायोजन गर्ने भएको छ । मंसिर १३ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु धापासीस्थित आयोजककै कोर्टमा हुनेछ ।
पत्रकार सम्मेलनमा ओडिसीका संयोजक नारायण राना र ईसीए इन्चार्ज विनोद क्षेत्रीले प्रतियोगिताको विविध पक्ष बारे प्रकाश पारेका थिए ।