खानद्वारा प्रधानमन्त्रीसंग भेट

rqkaeshe
टेबलटेनिसको विभिन्न कार्यक्रमका लागि हाल नेपालमा रहेका अन्तर्राष्ट्रिय टेबलटेनिस महासंघ (आईटीटीएफ) का विज्ञ आरिफ खानले प्रधानमन्त्री पुष्पकमल दाहालसंग भेट गरेका छन् ।सो अवसरमा आरिफले प्रधानमन्त्री दाहाललाई आफ्नो नेपाल भ्रमणको विविध पक्ष बारे जानकारी गराएका थिए ।
भेटमा प्रधानमन्त्री दाहालले आफूले पनि दैनिक जसो टेबलटेनिस खेल्ने गरेको र यसबाट स्वास्थ्यमा पनि सुधार भइरहेको बताएका थिए । साथै प्रधानमन्त्री दाहालबाट आरिफसंग मैत्रीपूर्ण खेलका लागि व्यवस्था मिलाउन पनि आग्रह गरिएको थियो ।

Comment