पुष्पाञ्जलीलाई दोहोरो उपाधि

ram-bosse
पुष्पाञ्जली स्कुलले छैटौं इक्टस अन्तरविद्यालय फुटबल प्रतियोगितामा आइतबार दोहोरो उपाधि जितेको छ । पुष्पाञ्जली जुनियर र सिनियर ब्वाइजमा च्याम्पियन बन्यो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको जुनियर फाइनलमा पुष्पाञ्जलीले इलिम किड्सलाई फाइनलमा पराजित ग¥यो । सिनियर फाइनलमा पुष्पाञ्जलीले किस्टल्यान्डलाई ३–० गोलले हरायो । विजयी टिमका लागि सुरज सुनार, प्रिमस स्याङडेन र राजबहादुर गुरुङले गोल गरे ।
गल्र्सको उपाधि सेन्ट जोसेफले जित्यो । उपाधि भिडन्तमा जोसेफले पुष्पाञ्जलीलाई टाइब्रेकरमा ३–१ ले पाखा लगायो ।
जुनियर ब्वाइजमा पुष्पाञ्जलीका पिटर लामा उत्कृष्ट खेलाडी चुनिए । प्रतियोगिताभर ४ गोल गरेका पिटर सर्वाधिक गोलकर्ता पनि बने । सिनियर ब्वाइजमा किस्टल्यान्डका सागर तामाङ तथा गल्र्समा पुष्पाञ्जलीकी कर्मा मगर उत्कृष्ट खेलाडी ठहरिए ।
विजेतालाई काठमाडौं स्टडी सेन्टरका निर्देशक डेनियल पर्नेल, थ्री स्टार क्लबका म्यानेजर राम श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने प्रतियोगितामा ८ टिम सहभागी थिए ।

Comment